पर्सा । नेपाल कम्युनिष्ट पार्टीका पिविएम नरेश सी (रक्तिम)ले राजावादीहरु धेरै सलवलाए क्रान्तिकारी बन्दुक खिया नलाग्ने चेतावनी दिएका छन ।
पर्साको वीरगंंजमा सुक्रवार नेकपाको १० औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पिविएम रक्तिमले यस्तो चेतावनी दिएका हुन ।
नेकपा पूर्वी नारायणी व्यूरोका इन्चार्ज समेत रहेका उनले दुर्गा प्रसाईको प्रतिगामी तथा प्रतिक्रान्तिकारी राजा ल्याउने आन्दोलन नेपाली जनतालाई स्वीकारे नभएको बताए ।
उनले मरेको मान्छे कहिलै ज्यूदो हुन नसक्ने चुनौती दिदै दुर्गा प्रसाईको आन्दोलन भनेको मरेको मान्छे ज्यूदो बनाउछु भन्ने जस्तो दिवा स्वप्न भएको बताए ।
नेता रक्तिमले राजतन्त्र पूनर्वाहालीको नाममा अराजकता मच्चाउने जनविरोधीहरुलाई विरगंज छोड्न पनि चेतावनी दिए ।
उनले नेपालमा पछिल्लो संकटको निकास समाजवादी व्यवस्था वाहेक अर्के हुन नसक्ने पनि ठोकुवा गरे ।
कार्यक्रममा पार्टी पूनर्गठनको अवसरमा सबैलाई शुभकामना दिदै नेता रक्तिमले मंसिर ८ को दिन श्रमजीवी वर्गको क्रान्तिकार िपार्टी जन्मिएको दिन भएको भन्दै यस दिनलाई गौरवको रुपमा लिन अपिल गरे । फिरोज सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन देपेन्द्र सीले गरेका थिए ।