४ आश्विन २०८१, शुक्रबार

नेकपा बाँकेद्धारा पार्टी पूनर्गठन दिवसको अवसरमा दिप प्रज्वलन

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले पार्टी पूनर्गठन दिवसको अवसरमा आज साँझ दिप प्रज्वलन गरेको छ ।

नेकपाले जिल्लाको कोहलपुर स्थिति पुरानो बषपार्कमा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपाका दक्षिण बाँके इन्चार्ज शेखर,उत्तर बाँके जिल्ला सेक्रेटरी कल्पना लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलनसंगै अविर टिका लगाएर मिठाई खाँदै शुभकामना आदान प्रदान गरेर पार्टीको १० औं बार्षिकोत्सव मनाएका छन ।

पार्टी पूनर्गठन दिवससंगै आज जनमुक्ति सेना नेपाल स्थापना दिवस पनि भएको दिन भएकाले यसलाई हर्षउल्लासपूर्ण मनाएको नेकपाका केन्द्रीय सदस्य शेखर सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।