२१ बैशाख २०८१, शुक्रबार

बलिदानको मूल्य विरुद्ध आँखा उठाउनेको घर-घर छिरेर आँखा फोड्छौं : सुमनसिंह सी

0

 

झापा पार्टीको १० औं पुनर्गठन दिवशको अवशरमा नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । झापा सुखानीस्थित सहिद समाधी स्थल पुगेर सरसफाइ र झण्डा गाडेको छ । कार्यक्रम पछि बोल्दै नेपाल कम्युनिस्ट पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सुखानी लगायतका बलिदान र समाधी स्थलहरुलाइ लक्षित गरेर भत्काउने सम्ममा खुलेआम बोल्दै हिंडेका प्रतिगामि अराजक तत्वहरुलाइ चेतावनी दिंदै – सुखानीको मूल्य बिरुद्ध आँखा उठाउने दुश्साहस नगर्न र यसो गरे घर घर छिरेर आँखा फुटाइदिने बताए ।

अहिले दुर्गा प्रसाईंहरुको र अन्य यस्तै प्रवृति भएका भंडुवाहरुको चुरिफुरी बढेको र उनिहरु कम्युनिस्ट, महान बलिदान, अग्रजहरुका योगदान बिरुद्ध खुलेआम बोल्न थालेकोप्रति सिंहले कडा भासामा चेतावनी दिएका छन् । उनले उपस्थित साथीहरुको बिचमा भने-प्रतिगामीहरुको थान्कोमा नबसे एमाले, माओवादी वा अरु परिवर्तनको नाम भंजाएर बांचिरहेका जस्तो आफ्नो पार्टी चुप बस्न नसक्ने बताए । उनले एक चुट्किमा ठेगान लगाइन्छ – सांच्चै लड्ने हो त ? भन्दै प्रश्न समेत गरे ।

सुखानीमा पार्टीका केन्द्रिय सदस्य प्रशान्तले पनि कडा भासामा परिवर्तन विरोधीहरुलाई चेतावनी दिएका छन् । यस्तै इलाममा अन्तर्त्किया सम्पन्न भएको छ । अन्तरकृयामा पार्टीका केन्द्रीय सल्लाहकार होम सी, र पार्टी के.स. मौसा सी उपस्थित थिए । यस्तै सांझ सबै जिल्ला जिल्लामा दिप प्रज्वलन भएको छ । पार्टी ब्युरो कार्यलयको निर्देशन बमोजिम हरेक पार्टि सदस्यले घरमा दिप प्रज्वलन गर्ने भनेपछि सबै सदस्यहरुको घरमा समेत दिप प्रज्वलन भएको पार्टीका  पश्चिम झापा इन्चार्ज तथा ब्युरो कार्यलय सचिब संजय सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।