२१ बैशाख २०८१, शुक्रबार

नेकपा मकवानपुरले गर्याे शुभकामना आदानप्रदान र दीप प्रज्वलन

0

मकवानपुर: नेकपा मकवानपुरले संयुक्त रुपमा शुभकामना आदानप्रदानका साथै दीप प्रज्वलन कार्यक्रम गरेको छ । पार्टीको १० औं पुनर्गठन दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रम पार्टी कार्यलयमा भएको हो भने दीप प्रज्वलन कार्यक्रम साँझ सिमाचोकमा भएको हो ।

नेकपा उत्तर-पश्चिम र नेकपा दक्षिण-पूर्व मकवानपुरले कार्यक्रम संयुक्त रुपमा गरेको हो । पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एक अर्कामा अबिर लगाई शुभकामना आदानप्रदान गरेका छन् । त्यस्तै कार्यक्रमको बिचमा अग्रज कम्युनिस्ट नेतृत्वलाई सम्मान समेत गरेको छ ।

साथै नेकपाले संयुक्त रुपमै दीप प्रज्वलन पनि गरेको छ । साँझ हेटौंडाको सिमाचोकमा दीप प्रज्वलन गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सी र केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा उत्तर-पश्चिम मकवानपुरका इन्चार्ज सुर्य सीले शुभकामना मन्तव्य राखेका हुन् ।

शुभकामना मन्तव्य राख्दै राम सीले साम्राज्यवादी दलालहरुले देशलाई पश्चागामीतिर लैजान षड्यन्त्र रचिरहेको हुँदा त्यस्ता षड्यन्त्रकारी तत्वबाट देशलाई बचाएर प्रगतिशिल व्यवस्था समाजवादतर्फ डोर्‍याउनका लागि सबैलाई आह्वान गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।