६ जेष्ठ २०८१, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड विरुद्ध गम्भीर षड्यन्त्र,राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी माथि परिवर्तन विरोधीहरुले गम्भीर षड्यन्त्र गरेका छन । परिवर्तन विरोधीहरुले बाँके जिल्ला अदालतमा खडागरीएको संगठिन अपराधको मुद्धामा अदालत मार्फत राष्ट्रिय पत्रिकामा म्याद तामेली गर्न आदेश गराएका छन ।

बाँके जिल्ला अदालतले प्रवक्ता प्रकाण्डको नाममा जारी संगठित अपराधको मुद्धामा पक्राउ पुर्जी काट्दा पनि बेपत्ते तामेली भएको भन्दै राष्ट्रिय पत्रिका मार्फत म्याद तामेल गर्नु भनि आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीस चुरामन खड्काले गत कार्तिक २४ गते गरेको आदेशमा पक्राउ पुर्जीमा बेपत्ते तामेली भएकाले त्यसलाई बदर गरी राष्ट्रिय पत्रिका मार्फत म्याद तामेली प्रकाशित गर्नु भनिएको छ ।

आदेशमा भनिएको छ “अब निज प्रतिवादीको नामको पक्राउ पूर्जी मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ५८ (१३) वमोजिम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्नु र लाग्ने दस्तुर बादी नेपाल सरकारबाट लिनु । रितपूर्वक म्याद तामेल भई निज प्रतिवादी म्याद भित्र उपस्थित भए वा गुजारे नियमानुसार गरी पेश गर्नु ।”

अदालतको आदेशमा थप भनिएको छ “प्रतिवादी खड्कबहादुर विश्वकर्माको नाममा जारी भएको म्याद निज प्रतिवादी फेला नपरी एकाघरको घर परिवारले बुझ्न नमानेको र घरदैलोमा पनि टाँस गर्न नदिको भनि असोज १८ गते बेपत्ते तामेल मै आएको देखिदा पक्राउ पुर्जी बदर गरि पत्रिकामा म्याद तामेल प्रकाशित गर्नु”

अदालतका एक कर्मचारीका अनुसार यहि मंसिर ११ गतेको सोमवारको गोरखापत्रमा म्याद तामेल प्रकाशित हुने छ ।

जनताको परिवर्तनको आन्दोलनमा निरन्तर लागेका क्रान्तिकारी एक नेता माथि चार वर्ष अघिदेखि षड्यन्त्रपूर्व संगठित अपराधको मुद्धा लगाउनु र कहिले पक्राउ पूर्जी त कहिले म्याद तामेलीको कुरा गरिनु परिवर्तन विरोधीको चलखेल भएको नेकपाको बुझाई छ ।

यसविषयमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले गम्भीर आपत्ति प्रकट गर्दै क्रान्तिकारी जनताको नेता माथिको षड्यन्त्र भएको र यस्तो कृयाकलाप तुरुन्त बन्द गरिनु पर्ने बताए ।

उनले अग्रमन,परिवर्तन विरोधी र तीन बुँदे सहमति विरोधीहरुको षड्यन्त्रको उपच भएको प्रतिक्रिया दिए । जनपत्रिकासंगको छोटो कुराकानीमा प्रवक्ता प्रकाण्डले देशी विदेशी दलाल तथा परिवर्तनका विरोधी शक्तिहरुको षड्यन्त्र भएको र सबै सचेत हुनु पर्ने बताए ।

अदालतको आदेश पत्र यस्तो छ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।