६ जेष्ठ २०८१, आईतवार

नेकपा सम्पर्क साधारण शाखाको आठौं पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको आठौं पूर्ण बैठक सम्पन्न भएको छ ।
संगठनका सेक्रेटरी अनिल सीको अध्यक्षतामा र प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको आतिथ्यमा भ्याली ब्यूरोको सर्कुलर अनुसार बैठक केन्द्रिय कार्यलय देवीनगरम बसि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथिले संगठनका सदस्यहरुलाई प्रशिक्षण दिदै दलाल पुजीवादको विरुद्धमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको आशाको दियो बनेको भन्दै प्रमुख अतिथिले पार्टीले ल्याएको नीतिअनुसार आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्याकर्ता, आत्मनिर्भर जनताको सिद्धान्त सी संस्कृतिको सिद्धान्त वैज्ञानिक भएको र सम्पर्क साधारण शाखाले देश र जनताको मुक्तिका निम्ति एमसीसीलगायत पार्टीले ल्याएको विभिन्न संघर्षमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संगठनलाई धन्यवाद दिएका छन् ।
बैठकको अन्त्यमा सेक्रेटरी अनिल सीले प्रमुख अतिथि लगायत सम्पूर्णलाई धन्यवाद दिदै बैठक समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।