६ जेष्ठ २०८१, आईतवार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कार्यालयको बैठक सम्पन्न

0

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी पोलिट व्युरो सदस्य तथा महासङ्घका अध्यक्ष माइला सीको अध्यक्षतामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय लिइएको छ ।

बैठकमा पदाधिकारी तथा कार्यालयका सदस्यहरुले आ- आफ्नो कार्यक्षेत्रको रिपोर्ट र आवधिक योजनाको समिक्षा गर्नुका साथै महासङ्घलाई महत्वपूर्ण सुझाव दिएका थिए । बैठकले साङ्गठनिक, आर्थिक, प्रकाशनबारे महत्त्वपूर्ण निर्णयहरु गरेको छ । संगठनलाई व्युरो जिल्ला स्तरमा विस्तार तथा संगठन भएका क्षेत्रहरुमा सुदृढ गर्ने नीतिसहित देशैभरी पदाधिकारीहरुको नेतृत्वमा पुर्वी कमान्ड उपाध्यक्ष शोभा सी, मध्यमाण्ड महासचिव कुशल सीि, मध्यपश्चिम सचिव आरोह सी, पश्चिम कमाण्ड उपाध्यक्ष विहानी सीको नेतृत्वमा मंसिर १५ देखि माघ मसान्तसम्म दुई महिने संगठन विस्तार तथा सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माइला सीले यो अभियानले महासङ्घको नेतृत्वको क्षमता र संगठको वास्तविक अवस्थाका बारेमा यथार्थ थाहा हुने र सम्भावित विकल्पका बारेमा अध्ययन गर्दैे थप कार्यक्रम बनाएर अगाडि बढ्न प्रेरणा मिल्ने धारणा राख्नु भएको छ । सवै साथीहरु इमानदारीताका साथ लाग्नु निर्देशन बैठक समापन गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।