४ आश्विन २०८१, शुक्रबार

नेकपाले पक्राउ पूर्जी विरुद्ध आज बेलुका देशभर मशाल जुलुस गर्दै

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध आज बेलुका देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गर्दैछ ।

नेकपाका महासचिव विप्लवले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै आज बेलुका साढे पाँच बजे देशभर अदालतको पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस गर्न पार्टीपंक्तिलाई निर्देशन गरेका हुन ।

नेकपाले पार्टी केन्द्र्रको निर्देशनलाई पालना गर्दै बेलुका काठमाडौ सहित देशभरका जिल्लामा एकैसाथ मशाल जुलुस प्रदर्शनको तयारी गरेको छ ।

नेकपाले ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जाने गरी जिल्ला अदालत काठमाडौले पक्राउ पूर्जी जारी गरेकोमा गम्भीर आपत्ति जनाएको छ ।

नेकपाले अदालतको आदेश गैरकानूनी,अराजक,विध्वंसात्मक भएको ठहर गर्दै सिंगो पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन पनि अपिल गरेको छ ।

नेकपाले अदालतको आदेश विरुद्ध आज बेलुका मशाल जुलुस गर्नेछ भने भोली मंसिर २० गते दिउसो ३ बजे आदेश दिने न्यायाधीशको पुत्ला जनाउने छ ।

यस्तै नेकपाले पर्सि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी अदालतको आदेश विरुद्ध जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।

सोमवार मात्र जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।