१७ बैशाख २०८१, सोमबार

नाइजेरियामा सैनिक ड्रोन आक्रमण, कम्तीमा ८५ जनाको मृत्यु

0

काठमाडौँ । नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ जना नागरिकको मृत्यु भएको छ ।

कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए । कादुनाका गभर्नर उबा सानीले ’आतंकवादी र डाकुहरूलाई निशाना बनाएर’ प्रहार गरिएको ड्रोन गलत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शव फेला परेको र अन्यको खोजी जारी रहेको बताएको छ ।

एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मंगलबार उत्तरी कादुनामा महिला र बालबालिकासहित कम्तीमा ८५ जनाको ज्यान जाने गरी भएको सैनिक ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।