२७ पुष २०८१, शनिबार

नेकपा उपत्यका ब्युरोद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन, अदालत प्रतिगामीहरुको गोटी भएको आरोप

0

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत नेकपा उपत्यका ब्युरो र जवसको संयुक्त आयोजनामा विशाल जनप्रदर्शन सम्पन्न भएको छ।

घोषित आन्दोलनको तालिका अनुसार बिहीबार देशैभर पार्टी जवस र जनताको उपस्थितिमा काठमाडौं लगाएत देशका उत्पयका जिल्ला र प्रमुख शहरहरुमा जनप्रदर्शन भएको छ ।

सोही अनुसार नेकपा उपत्यका ब्युरो पार्टी र संयुक्त जनवर्गीय संगठनले काठमाडौँ उपत्यकामा पनि विशाल जनप्रदर्शन सम्पन्न गरेको हो । नेकपाले पार्टी केन्द्रले घोषणा गरेकाे तीन दिने संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार साँझ मशाल जुलुस प्रदर्शन र हिजो न्यायधीसको पुत्ला दहनको संघर्षको कार्यक्रम सम्पन्न गरेको थियो ।

उपत्यकाको मुख्य केन्द्रबाट सुरु भएको जनप्रदर्शन विभिन्न ठाउँ परिक्रमा गरि शान्तिबाटिका पुगेर कोणसभामा परिणत भएको नेकपा उपत्यका ब्युरोले जनाएको छ।

नेकपा उपत्यका ब्युरोको नेतृत्वमा भएको विशाल जनप्रदर्शनसहितको कोणसभालाई नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्जार्ज शिलु सीको विशेष सम्बोधन रहेको थियो । उपत्यका ब्युरो इञ्चार्ज कृति सीले संचालन गरेको संयुक्त कोणसभालाई सम्बोधन गर्दै नेता शिलुले अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक, विध्वंसात्मक निम्त्याउन पक्राउ आदेश दिएकाले पार्टीपंक्ति र जनतासहित प्रतिरोधमा उत्रिन परेको बताइन् ।

उनले भनिन्, ‘नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे राजनीतिक सहमति विपरित विदेशी प्रतिगामी शक्तिहरुको निर्देशनमा अदालतले २०७६ सालको मुद्दा व्यूताएर युद्धको निम्तो दिन खोजेको छ, यसको प्रतिरोध गर्न सिंगो पार्टीपंति र शान्तिप्रेमी जनता तयार छ ।’ उनले आजसम्म नेकपाले उठाएका राष्ट्र, राष्ट्रियता, जनजीविका र वित्तिय ठगीका मुद्धा सतहमा आइसकेकाले पार्टीले आव्हान मात्र गर्दापनि प्रतिगामी षड्यन्त्र ध्वस्त हुने भन्दै आगोसँग नजिस्किन समेत चेतावनी दिइन् ।

प्रदर्शनमा नेकपा उपत्यका ब्युरो, जवस लगायत ब्यापक जनसहभागिता रहेको थियो । ब्युरो इञ्चार्ज कृति सीद्वारा संचालित कोणसभामा नेकपाका स्थायी समिति सदस्यद्वय शिलु सी र सुशिल सीको विशेष सम्बोधन रहेको रहेको थियो । ३ बुँदे राजनीतिक सहमति सरकार प्रमुखसंग भएपछि त्यो स्वत: कानुनकै एक पार्ट भएर बिद्रोहीहरुको मुद्धा स्वत: हल गर्न अदालतले सहयोग गर्नु पर्नेमा उल्टै क्रान्तिकारी पार्टीसंग जोरी खोज्नुले अदालत, कानुन जनताको पक्षमा नभएको र यो दलालहरुबाट परिचालित छ, प्रतिगामीहरुको गोटी बनेको छ, भन्ने आम नागरिकहरुले बुझिसकेको वक्ताहरुको ठहर थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।