१ जेष्ठ २०८१, मंगलवार

नेकपाद्धारा हेटौडामा जनप्रदर्शन,पक्राउ पूर्जी बेमौसमको बाजा भएको एटमको भनाई

0

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरको हेटौडामा विहिबार जनप्रदर्शन गरेको छ ।

नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेता माथि पक्राउ पूर्जीको आदेश दिने काठमाडौं जिल्ला अदालत विरुद्ध जनप्रदर्शन गरेको हो ।

नेकपाका नेता,कार्यकर्ता र जनता सहभागी जनप्रदर्शन हेटौडा बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य तथा नारायणी ब्यूरो इन्चार्ज एटम सीले अदालतले जारी गरेको पक्राऊ पूर्जी बेमौसमको बाजा भएको बताएका छन ।

उनले तीनवर्ष अघि नेकपा र नेपाल सरकार बिच झुट्टा मुद्धा फिर्ता लिने,जेलम रहेका नेता कार्यकर्ता रिहा गर्ने लगायतका तीन बुँदे सहमति भईसकेको भन्दै अहिले अदालतले नेकपाका नेताहरुमाथि पक्राऊ पूर्जी जारी गर्नु बेमौसमको बाजा भएको प्रष्ट्याए ।

नेता एटमले तीनबुँदे सहमतिको ठाडो उलंघनप्रति नेकपाको गम्भीर आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।
उनले देशलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउने उद्देश्य सहित सङ्घर्ष गरिरहेको पार्टीका नेताहरु माथि पक्राऊ पूर्जी काटेर नजिस्काउन चुनौती दिए ।

कोण सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सीले न्यायाधीश कमल प्रसाद ज्ञवाली नसच्चिए आफूहरुले सडकमा घिसारेर ल्याउने चेतावनी दिए ।

उनले आफूहरुलाई सडकमा आउन कुनै रहर नभएर बाध्यता भएको भन्दै तीन बुँदे सहमति कार्यान्वयन भएन भने आफूहरु कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

अर्का वक्ता अखिल (क्रान्तिकारी) नारायणि ब्यूरो इन्चार्ज तारा सीले आफ्नो नेताहरुलाई छोएर देखाउन चुनौती दिईन । उनले अदालतका पक्राऊ पूर्जी रद्दीको टोकरीमा फाल्ने पनि चेतावनी दिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।