१ जेष्ठ २०८१, मंगलवार

नेकपा बर्दियाद्धारा राजापुर र बाँसगढीमा जनप्रदर्शन

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले राजापुर र बाँसगढीमा आज जनप्रदर्शन गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस कमल प्रसाद ज्ञवालीले पार्टीका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेतामाथि पक्राउ पूर्जी जारी गरेको विरुद्ध पार्टीको केन्द्रीय संघर्षको कार्याक्रम अन्तरगत आज जनप्रदर्शन गरेको हो ।

जनप्रदर्शनमा सहभागीहरुले झुट्टा मुद्धा खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,एकीकृत जनक्रान्ति जिन्दावाद,प्रतिगामी षड्यन्त्र बन्द गर जस्ता चर्का नारा लगाएका थिए ।

जिल्लाको बाँसगढीमा भएको जनप्रदर्शन पछिको कोणसभालाई नेकपाका केन्द्रीय सदस्य तथा बर्र्दिया जिल्ला इन्चार्ज हिमशिखरले सम्बोधन गर्दै जनताको जनप्रिय नेता माथि पक्राउ पूर्जी जारी गर्नु साम्राज्यवादी षड्यन्त्र भएको बताए । उनले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार र अदालतका न्यायाधीसहरुलाई आग्रह गरे ।

नेता हिमशिखरले क्रान्तिकारी पार्टी र नेता माथि यस्ता प्रतिगामी षड्यन्य भईरहे नेकपा हातमा दहि जमाएर नबस्ने चेतावनी दिए ।

पूर्वी बर्दिया जिल्ला सेक्रेरी टिकाराम सीले दलाल व्यवस्थाको षड्यन्त्रले क्रान्तिकारी पार्टी र नेता माथि हमला भएको जिकिर गरे ।

उता राजापुरमा भएको जनप्रदर्शना पश्चिम बर्दिया जिल्ला सेक्रेटरी राम सीले कोणसभालाई सम्वोधन गर्दै झुट्टा मुद्धा खारेज गरिनुपर्ने बताए । उनले सरकारको निर्णय कार्यान्वयन नगर्ने न्यायधीसलाई बर्खास्त गर्नु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।