१ जेष्ठ २०८१, मंगलवार

तौलिहवा बजारमा भब्य जनप्रदर्शन, जनअदालतले दलालहरुलाई पक्राउ पूर्जी जारी गर्ने भेसराजको चेतावनी

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा बजारमा विहिवार भब्य जनप्रदर्शन गरेको छ ।

काठमाडौं जिल्ला अदालतले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेतामाथि पक्राउ पूर्जी जारी गरेको विरुद्ध नेकपाले जनप्रदर्शन गरेको हो ।
नेकपाका नेता कार्यकर्ता तथा जनताको सक्रिय सहभागितामा चर्का नारावाजी गर्दै सुरु भएको जनप्रदर्शन बजार परिक्रमण गरी जिल्ला प्रशासन कार्यालय नजिकै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई अवधि भाषामा सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पिविएम भेसराज सीले जननेता विप्लवलाई पक्राउ गर्न त्यति सजिलो नभएको बताउदै पक्राउ पूर्जीको आदेश दिने दलालहरुमाथि उल्टै जनअदालतले पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका छन ।

उनले रगतको भेलबाट जन्मिएको जनताको क्रान्तिकारी नेतालाई पक्राउ गर्ने सपना दलालहरुलाई नदेख्न चुनौती दिदै परिवर्तनका विरोधी सबै दलालहलाई जनअदालतले बारेन्ट जारी गर्ने बताए ।

उनले देशी विदेशी दलालहरुको षड्यन्त्रका विरुद्ध नेपाली जनता एकभएर प्रतिरोध गर्न अपिल गरे ।

नेता भेसराजले तीन बुँदे सहमतिको यथाशिघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै एक दुई जना अदालतका दलालहरुले नेकपाका नेतामाथि पक्राउ गर्न आदेश दिदैमा परिवर्तनको यात्रा नरोकिने बताए ।

उनले तीन बुँदे सहमति कार्यान्वयन सहित अदालतको आदेश खारेज नभए सम्म नेकपाले कडा प्रतिरोध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले देशलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउने उद्देश्य सहित सङ्घर्ष गरिरहेको पार्टीका नेताहरु माथि पक्राऊ पूर्जी काटेर नजिस्काउन चुनौती दिए ।

कोणसभामा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सी, जिल्ला सचिव मंगल सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कोणसभालाई नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा केन्द्रीय सामना परिवारका संयोजक आरोह सीले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।