१ जेष्ठ २०८१, मंगलवार

नेकपा उदयपुरद्धारा पक्राउ पूर्जी विरुद्ध जनप्रदर्शन

0

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी पूर्बी उदयपुरले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आदेश विरुद्ध विहिवार जनप्रदर्शन गरेको छ ।

जिल्लाको बिपीचोकबाट सुरु भएको जनप्रदर्शन पिपल चोक हुदै मुख्यबजार चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा नेकपाका नेता कार्यकर्ता र जनताको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, झुट्टा मुद्धा खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,काठमाडौ जिल्ला अदालतले गरेको कथित पक्राउ पूर्जी खारेज गर,एकीकृत जनक्रान्ति जिन्दावाद,प्रतिगामी षड्यन्त्र बन्द गर जस्ता चर्का नाराबाजी गरेका थिए ।

कोणसभालाई नेकपाका जिल्ला ईन्चार्ज अमृत सीले सम्बोधन गर्दै जनताको जनप्रिय नेतामाथि पक्राउ पूर्जी जारी गर्नु अमेरिकी र भारतीय साम्राज्यवादीहरुको षड्यन्त्र भएको बताए ।

उनले देशलाई गृह युद्धमा धकेल्न खोजेको आरोप लगादै आगोको झिल्कालाई नजिस्काउन चेतावनी दिए ।

नेता अमृतले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै नेकपाका नेताहरुलाई पक्राउ पूर्जी जारी गर्ने अदालतका न्यायाधीसहरुको पनि घरघरमा जनताको अदालत मार्फत पक्राउ पुर्जी जारी गर्ने उद्घोष गरे ।

उनले दलाल संसदीय व्यवस्थाका भ्रष्टाचारीहरु,परिवर्तन विरोधी शक्तिहरुलाई नेकपाले माफी नदिने पनि बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।