१ जेष्ठ २०८१, मंगलवार

नेकपा बाँकेद्धारा पक्राउ पूर्जी विरुद्ध नेपालगंजमा जनप्रदर्शन

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले काठमाडौं जिल्ला अदालतले नेकपाका नेतामाथि गरेको पक्राउ पूर्जी आदेश विरुद्ध नेपालगंजमा विहिवार जनप्रदर्शन गरेको छ ।

नेकपाका नेता,कार्यकर्ता र जनता सहभागी भएको जनप्रदर्शन विपीचोकबाट सुरु भएर धम्बोजी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा अदालतको पक्राउ पूर्जी आदेश खारेज गर,तीन बुँदे सहमति कार्यान्वयन गर,दलाल संसदीय व्यवस्था मुर्दाबाद,एकीकृत जनक्रान्ति जिन्दाबाद जस्ता गगनभेदी नाराहरु लगाईएका थिए ।

जनप्रदर्शन पछिको कोणमा नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीले सम्बोधन गर्दै देशी विदेशी प्रतिगामी तत्वहरुको षड्यन्त्रमा नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेतामाथि अदालतले पक्राउ पूर्जीको आदेश दिएको खुलासा गरे ।

उनले जनताको बिचमा देशभर नेकपाको नेतृत्व लोकप्रिय हुदै गएपछि प्रतिगामी शक्तिहरुले नेकपाका नेतामाथि तर्साउन हमला गरेको बताए ।
नेता संगमले दलाल व्यवस्था भएकै कारण सरकारले तीन बुँदे सहमति गरेको भए पनि अदालतले अटेरी गरेको बताए ।

उनले क्रान्तिकारी र परिवर्तनशील पार्टी र नेतामाथि पक्राउ पूर्जी जारी गर्ने न्यायाधीसका विरुद्ध सिंगो जनताले प्रतिरोध गर्नुपर्ने बताए ।
नेता संगमले सरकार र उसको अंग अदालतलाई तीन बुँदे सहमति कानूनको अंग मानेर कार्यान्वयन गर्न आग्रह गरे ।

उनले सहमति कार्यान्वयन नगरिए नेकपाले जस्तो सुकै कदम उठाउन बाध्य हुने र त्यसको जिम्मेवार राज्य हुनुपर्ने चेतावनी दिए ।

कोषसभामा नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले प्रतिगामीहरुको षड्यन्त्र परास्त पार्न जनता एक हुनुपर्ने बताए ।

अर्का नेकपाका केन्द्रीय सदस्य नारायण सीले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तालिएर पक्राउ पूर्जी जारी गरेको बताए । कोणसभाको संचालन नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।