१ जेष्ठ २०८१, मंगलवार

भूकम्प प्रभावित बस्तीको पूनर्निर्माणका लागि नेकपाको एकीकृत सहायता घुम्ती टिम परिचालन

0

दाङ । नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावित वस्तीको पूनर्निर्माणको लागि पार्टीका सयौ नेता कार्यकर्ता सहभागी ‘एकीकृत सहायता घुम्ती टिम’ परिचालन गरेको छ ।

नेकपाको एकीकृत सहायता घुम्ती टिमले विशेषगरी भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा भत्कीएका घरको पूनर्निर्माणको कामहरु गर्नेछ ।

नेकपाले भूकम्प पीडित ‘एकीकृत सहायता घुम्ती टीम’द्धारा घरवार विहिन भएका पीडितहरुको अस्थायी आवास निर्माण गर्ने र पालमुनीको वासको चिसोबाट बचाउने मुख्य लक्ष्य लिएको छ ।

यस्तै एकीकृत सहयता घुम्ती टिम’ले भूकम्प प्रभावित जनताका लागि संकलित राहत वितरणमा हुने अनियमितामा खबरदारी गर्नेदेखि स्वास्थ्य, शिक्षा लगायतका दैनिक जीवनमा आउने समस्याहरुको समाधान लागि सक्दो सहयोग गर्ने नेकपाले जनाएको छ ।

महासचिव विप्लवको निर्देशन अनुसार नेकपा पश्चिम लुम्बिनी ब्यूरो, नेकपा पूर्वी लुम्बिनी ब्यूरो तथा राप्ती ब्यूरोका नेता कार्यकर्ताको टिमलाई भूकम्प पीडित ‘एकीकृत सहायता घुम्ती टीम’ गठन गरी पूनर्निर्माणको काममा परिचालन गरेको नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सीले जानकारी दिएका छन् ।

नेकपाका महासचिव विप्लवले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा पार्टीको पुर्व/पश्चिम लुम्बिनी ब्यूरो एवम् राप्ती ब्यूरोको सिंगो पार्टीपंक्तिलाई पूनर्निर्माणमा परिचालन गरेका हुन् ।

नेकपाले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पार्टीको यो तेस्रो चरणको सहायता टीम परिचालन भएको बताएको छ ।

भूकम्प पीडित ‘एकीकृत सहायता घुम्ती टिम’ अन्तर्गत रुकुम पश्चिममा पश्चिम लुम्बिनी ब्युरोको तर्फबाट नेकपाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृती सीको नेतृत्वमा टिम परिचालन भएको छ ।

यस्तै सल्यान जिल्लामा नेकपाका पोलिट ब्यूरो सदस्य तथा पूर्वी लुम्बिनी ब्यूरो इन्चार्ज बसन्त सी (प्रज्वलन) को नेतृत्वमा टिम पूनर्निर्माणमा परिचालन भएको छ ।
सबै व्यूरोबाट आएको जनशक्ति र राप्ती व्यूरोले गठन गरेको एकीकृत सहायता घुम्ती टिम संयुक्त भएर भूकम्प पीडित एकीकृत सहायता घुम्ती टीम बनाई परिचालिन गरिएको छ ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा ठुलोधनजनको क्षेति गरेको थियो ।

भूकम्पले प्रभावित जिल्लाका सयौँ जनता घरवारविहिन भएका छन् । भूकम्पले घर भत्कीएकाले चिसोको समयमा पनि भूकम्प पीडित नागरिकहरु पालमुनी जीवन बिताइरहेका छन् । नेकपाले भूकम्प गए लगत्तै राहत वितरण र उद्धारको काममा नेता कार्यकर्ता खटाएको थियो ।

नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित नेता कार्यकर्ताहरु प्रभावित जिल्ला पुगेर राहत तथा उद्धारको काममा समेत लागेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।