३ जेष्ठ २०८१, बिहीबार

नेकपा कालिकोटद्धारा पार्टी सदस्य भूमीराजको निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर १ हेप्पकोट निबासी पार्टीका जिल्ला समिति सदस्य अमर बहादुर शाहीका २२ बर्षिय छोरा तथा पार्टी सदस्य भूमीराज शाहीको मंसिर १९ गते असामयिक निधन भएको खवरले पार्टी स्तव्ध भएको जनाएको छ ।

नेकपाका जिल्ला इन्र्चाज बलवान सी र सेक्रेटरी शाहसी सीले विहिवार एक शोक वक्तव्य जारी गर्दै भूमीराजको असामयिक निधनले पार्टी निकै स्तब्ध र मर्माहित भएको बताएका हुन ।

नेकपाले पार्टी सदस्यको निधनले पार्टीलाई अपूर्णीय क्षति भएको शोक वक्तव्यमा उल्लेख गर्दै भूमीराजप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले भूमीराजको निधनले शोकमा रहेका घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणको कामना गरेको छ ।

शोक बक्तव्यमा भूमीराजले क्रान्तिमा पुर्याएको योगदानको उच्च कदर गर्दै पार्टीले उच्च सम्मान पनि व्यक्त रेको छ ।

शोक बक्तव्यको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।