१७ बैशाख २०८१, सोमबार

नेकपा नेता रणवीरकाे देउडा गीत ‘टुटेको मन’ सार्वजनिक

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ‘रणवीर’ काे देउडा गीत (ठाडिभाका) ‘टुटेको मन’ सार्वजनिक भएकाे छ । शनिबार बिहान बिग नेपाली टिभी युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे ।

रणवीरकाे शब्द रहेकाे गीतमा उदयमान युवा गायक धर्मराज न्यौपानेकाे स्वर र संगित रहेकाे छ । गीतमा विजय थापा मगरले संगित समायाेजनका साथै मिक्सिङ पनि गरेका छन् । गीतमा कुलबहादुर बम र आरती बुढाले अभिनय रहेकाे छ ।

गीतमा पारिवारिक अवस्था कमजाेर भएर विदेशीएका एक राजनीतिक कार्यकर्ताकाे कथालाई समेटेर तयार पारिएको छ । विदेशमा रहेका नेपालीहरूकाे पीडालाई पश्चिम नेपालमा प्रचलित लयमा गीतलाई प्रस्तुत गरिएकाे छ ।

रणवीरकाे यसअघि ‘निरास हुनु हुन्न साथी, हरेस खानुहुन्न’ बाेलकाे गीत सार्वजनिक भएकाे थियाे। उनकाे हालसालै कम्युनिस्ट सत्तामा, क्रान्ति र भ्रान्ति पुस्तक पनि सार्वजनिक भएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।