३ जेष्ठ २०८१, बिहीबार

नेपाली प्रगतिशील माेर्चा, युरोपद्वारा पक्राउ पुर्जी खारेज गर्न माग

0

नेपाली प्रगतिशील माेर्चा, युरोपले नेकपाका महासचिव विप्लव सी लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमाथि लगाइएको झुट्टा मुद्दा खारेज गर्न माग गरेको छ ।
माेर्चाका अध्यक्ष बदन याेङहाङ र महासचिव प्रदिप अधिकारीले एक विज्ञप्ति जारी गरि यहि मंसिर १८ गते काठमाडौँ जिल्ला अदालतले पुरानो मुद्दा ब्युताएर नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, पार्टीका स्थायी समिति सदस्य, प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज प्रकाण्ड सी, पोलिट ब्यूरो सदस्य माइला सी लगायतका नाममा जारी गरेको पक्राउ पूर्जीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण झुठ्ठा मुद्दा खारेज गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल फाल्गुण २१ गते नेकपा र नेपाल सरकार वीचमा भएको तीन बुंदे सहमति अनुसार नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता गर्ने र बन्दी कमरेडहरुलाई रिहा गर्नुपर्ने थियो । यो पक्राउ पूर्जी प्रकरणले सरकारसँग भएको सहमति नेकपाले इमान्दारीका साथ पालना गरेपनि सत्ता पक्ष एकपछि अर्को षडयन्त्रमा लागिरहेको पुष्टि भएको छ ।’

विज्ञप्तिकाे पूरा पाठ-
नेकपाका महासचिव क. विप्लव सी लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमाथी लगायको झुट्टा मुद्धा खारेज गर ।

नेपालमा समाजवादी सत्ता निर्माण गर्ने वैचारिक, राजनैतिक, आर्थिक, सामाजिक योजना सहित आफ्ना कार्यक्रमहरु खुल्ला र शान्तिपूर्ण रुपमा गरिरहेको राजनैतिक दलका शिर्ष नेताहरुलाई पक्राउ पूर्जी जारी गर्नु देशलाई द्धन्दमा धकेल्ने षडयन्त्र मात्र हो । २०७७ साल फाल्गुण २१ गते नेकपा र नेपाल सरकार वीचमा भएको तीन बुंदे सहमति अनुसार नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता गर्ने र बन्दी कमरेडहरुलाई रिहा गर्नुपर्ने थियो । यो पक्राउ पूर्जी प्रकरणले सरकारसंग भएको सहमति नेकपाले इमान्दारीका साथ पालना गरेपनि सत्ता पक्ष एक पछि अर्को षडयन्त्रमा लागिरहेको पुष्टि भएको छ ।

हामी अदालतको यस्तो गैरजिम्मेवार र षडयन्त्रमूलक कदमको भ्रत्र्सना गर्दछौं । तीन बुंदे सहमति सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न, नेकपाका नेता कार्यकर्ताहरु माथि लगाइएको झुठा मुद्धाहरु खारेज गर्न, आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं । साथै यो गैरकानुनी कामलाई सच्याउनको लागि दबाव सृजना गर्न नेपाल सरकार, राजनितिक दलहरु, कानुनविदहरु, बुद्दिजीवी, मानवअधिकारकर्मीहरु, पत्रकार, युवा तथा सम्पूर्ण श्रमिक जनसमुदायलाई यसै विज्ञप्ति मार्फत आह्वान गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।