१८ पुष २०८१, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उललंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध जारी गरेको आदेशको विषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा तीन बुँदे सहमति बमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि लगाइएको मुद्दाहरुलाई राजनीतिक र कानुनि दृष्टिले निरुपण गर्ने बिषयमा सहमति भएको बताइएको छ ।
यसैगरी उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको गठन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकरात्मक प्रभावको विषयमा छलफल भएको र देशको राष्ट्रिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक, राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्यसहित बनेको समाजवादी मोर्चाको आगामी कार्यक्रमका लागि छिट्टै बैठक बस्ने सहमति समेत भएको बताइएको छ।
यसैगरी उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट र माओबादी आन्दोलनलाई टुंगोमा पुर्याउन क्रान्तिकारी बीच एकता हुनु पर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

साथै भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।