१२ बैशाख २०८१, बुधबार

नेकपा रोल्पाको बैठक सम्पन्न

0

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी रोल्पाको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ ।  साउन ४ र ५ गते बसेको बैठकले आउदो भाद्र १३ र १४ गते लिवाङमा जिल्ला सम्मेलन गर्ने भएको छ । त्यस अघि भाद्र ५ गतेसम्म गाउँपालिका तथा नगरपालिका कमिटिको सम्मेलनहरु सम्पन्न गरिसक्ने रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले जानकारी दिए ।

बैठकले अन्य बिबिध बिषयमा निर्णय लिएको छ । संगठन बिस्तारमा बिशेष जोड दिंदै जन वर्गिय संगठन र विभागीय मोर्चाहरु गठन गर्ने र तहगत पार्टी कमिटि गठन गर्ने बताएको छ ।

राजनैतिक, आर्थिक, उत्पादन, सांस्कृतिक तथा सामाजिक कार्य, सुचना संचार तथा प्रकाश लगायतका बिषयमा महत्वपूर्ण निर्णय भएको सेक्रेटरी चन्दले बताए । 

बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुबासको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरु बिशेष कमिटी सदस्य प्रयास, बिशेष कमिटी सदस्य असिना र युवा संगठन नेपाल केन्द्रिय कोषाध्यक्ष विश्लेषणको उपस्थिति रहेको थियो ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।