१६ जेष्ठ २०८१, बुधबार

हामीलाई देशमाथी खतरा आइरहेको बेला लड्ने सञ्चार माध्यमहरु चाहिएको छ: विप्लव

0

साउन ६, काठमाडाैं । नेपालको सञ्चार माध्यमको लागि र जनताको सुचना प्राप्त गर्ने अधिकारको लागि आज एउटा खुसिको दिन आएको छ । यहाँ थुप्रै सञ्चार माध्यमहरु, अनलाइनहरूको बिचमा एउटा नयाँ सञ्चार माध्यम जनपत्रिका अनलाइन थपिएको छ, आज उदघाटन भएको छ । यो उदघाटनको अवसर जुराइदिने जनप्रचार प्रसार प्रालिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो उद्घाटन भएको जानकारी गराउन चाहन्छु । मित्रहरू, सुचना र सञ्चार मानव जातिको विकास क्रमसंगै अभिन्न रूपमा जोडिएको कुरा मैले लामो भनिरहनु पर्दैन । हाम्रा पुर्खाहरुले प्राचीन कालदेखि नै आफ्ना जातिलाई सूचना दिनका लागि र बाटो देखाउनको लागि आफ्नै प्रकारले प्रयोग गरेको इतिहास हामी सबैले बुझेका छौं । चार हजार वर्ष अगाडि देखि मानव जातिले आफ्नो विकास क्रममा निकै लामो समयदेखि सञ्चार माध्यमलाई आफनो हितका निम्ति प्रयोग गरेका  छन । अझ भन्ने हो भने इतिहासमा सञ्चार माध्यम या सूचना माध्यम भनेको जनताको साधन थियो र साधन नै हुनुपर्छ । तर जब समाजमा वर्ग विभाजन भयो । जब समाजमा निजी सम्पतिले प्रभुत्व जमाउँदै गयो । मानव जातिलाई जब निजी सम्पतिले गाज्न थाल्यो । त्यसपछि हाम्रो सूचना- सञ्चार पनि बिस्तारै पूँजीको अधिनमा भएको पाउछौं । ईतिहासबाट लड्दा लड्दै आजको दिनमा आइपुग्दा ठूलो बहस सुचना सञ्चारमा चलिरहेको छ । सुचना सञ्चार कस्को लागि ? केका लागि ? कस्को पक्ष ? कुन उदेश्यको लागि ? एउटा बहस चलिरहेको छ । र यो एकाइसौं सताब्दीमा आई पुग्दा धेरै ठुला कुरा नठान्ने हो भने जनताको सुचना साधनमा लाग्ने पुँजीले कब्जा गर्न खोजेको छ । यद्यपि त्यो भित्र पनि राम्रा कुराहरू छन् । नराम्रा कुरा मात्रै छन् भन्ने होइन । ठुला- ठुला क्रान्ति  भएका छन्।   ति मध्ये  एकाइसौं सताब्दीको अथवा बिसौं शताब्दीको उत्तरार्धमा सबभन्दा ठुलो क्रान्ति  मध्ये  सूचना क्रान्ति  नै हो ।

सूचना – सञ्चारमा आजको क्रान्ति सबभन्दा ठूलो क्रान्ति  हो । तर त्यो क्रान्तिले कयौ राम्रा कामहरू जनताको हितमा गरेकै छ । यो साँचो कुरा हो ।  तर एउटा त्यसको नकारात्मक पाटो के छ भन्दा बिस्तारै यो जनताको हातबाट सूचना- सञ्चारहरु खोसिने र पुँजीको सेवाको निम्ति, मालिकको सेवाको निम्ति जनतालाई एक प्रकारले अन्यथा नठान्नेहो भने दमन गर्ने हतियारको रूपमा प्रयोग गर्ने खतरा छ । संसारमा आज तपाईले हेर्नु भयो  भने जोसँग पैसा छ । सबभन्दा उनीहरूले सूचना – सञ्चारलाई आफ्नो अनुकुलतामा प्रयोग गरिरहेको एउटा नकारात्मक पाटो हाम्रो सामु छ । हाम्रो पुर्खाले मानव जातिको हितमा प्रयोग गरेको सूचना – सञ्चार, सञ्चार साधन आज मानव जातिलाई खतरामा पार्ने प्रवृतिको कब्जामा पर्न थालेको जस्तो देखिन्छ ।  तर राम्रो पनि छ किनकी मानव जातिको पक्षमा लड्ने सूचना जगत पनि हामीसँग जीवित नै छ । लडिरहेकै छ । यहाँ आएका पत्रकार बन्धुहरु लडिनै रहनु भएको छ । तर नकारात्मक पाटो के देखिन्छ भने जनताको साधनलाई जनताकै विरुद्धमा प्रयोग गरिने खतरा   देखापरेको छ । विभिन्न घेराहरुबाट, विभिन्न क्षेत्रहरु बाट, विभिन्न केन्द्रहरुबाट सूचना र सञ्चारलाई मानव जतिकै हित उन्नति र समृद्धिको लागि भन्दा मुठीभर मान्छेहरूको स्वार्थ संरक्षण र समृद्धिको लागि प्रयोग गर्ने खतरा आजको दुनियामा चलिरहेको छ । किनकि आजको दुनिया पुँजीवादी दुनिया हो । पुँजीवादी दुनिया भनेको श्रमिक जनताको जीवनमा लुट मच्चाएर आनन्द लिने दुनिया हो ।

पुँजीवादमा कुनै मानवीयता हुँदैन, पुँजीवादमा किनै संवेदनशीलता छैन । पुँजीवादलाई केवल मुनाफा चाहिएको छ । लुट चाहिएको छ । त्यसको निम्ति उ  जुनसुकै सिमा मिच्न पनि तयार छ । त्यसकै निम्ति   पुँजीवादले जनताको सूचना- सञ्चारका साधनलाई आफनो निम्ति प्रयोग गरेर आफनो लुटको हतियार बनाउँने प्रयत्न गरिरहेको छ । न्यायपूर्ण आन्दोलन माथि दमन गर्नको लागि आधार तयार पार्ने साधन खोज्दैछ । शान्ति प्रेमी र परिवर्तन प्रेमी जनतामाथि दमन गर्ने एउटा  साधन बनाउन प्रयोग गरिरहेको छ । तर जनताका प्रतिनिधि चुप लागेर बसेका छैनन् । जनताका पत्रकार पनि चुप लागेर बसेका छैनन।   सूचना सञ्चारलाई जनताको पक्षमा सदुपयोग गर्नु पर्छ भन्ने प्रवृत्ति पनि   संसारमा प्रबल छ । बलियो छ र लडिरहेको छ । नेपालमा हामी एकदमै राम्रा पक्षहरुपनि देख्छौ । हाम्रो देशमा पनि विभिन्न् खालका खेलहरु चल्छन् । गलत तत्वहरूले   जनतालाई, राष्ट्रलाई   क्षति पुर्याउन खोज्छन त्यतिबेला  सूचना – सञ्चार माध्यमहरुले जनता र राष्ट्रको पक्षमा काम गरेको  पाएका छौँ र यो खुसिको कुरा हो । राम्रो कुरा हो ।

नेपालका राजनीतिज्ञ, बुद्धिजीवी, ब्यवसायी ,युवाहरु, गाउँ समाजमा बस्ने   सबैले   पहिला अनलाइन खोलेर मात्रै आफनो काममा प्रवेश गर्छन । आफ्ना धारणा बनाउनु भन्दा पहिला अनलाइनहरु खोल्छन् । समाचार हेर्छन्, सुन्छन् पढ्छन  र  त्यसपछि  दिन भरिको एउटा कार्यसूची बनाउनेतिर अगाडि बढ्छन् । यसको प्रभाव धेरै बलियो छ । यो राम्रो कुरा पनि हो । चाहे तपाईंको असल काम अगाडि बढाउनका लागि होस्,  चाहे प्रति रक्षा गर्नका लागि होस् । हरेक खराब कुरासँग सँगर्ष गर्नका लागि होस् सूचना- सञ्चारले संसारमा र नेपालमा पनि अग्रणी भूमिका निभाई रहेको छ । यो एउटा खुसिको कुरा पनि हो । तर,  हामी देख्दैछौ कि हाम्रो देशमा केही प्रदूषित हावाहरु बगिरहेका छन । केही दुर्गन्धित हावाहरु चलिरहेका छन् । दिनप्रति दिन जनताको  मन- मस्तिष्कमा चिन्ताहरु उठिरहेका छन् । यहाँ आउने नागरिकहरु पनि केही न केही चिन्ताहरु बोकेर हामी आहिरहेका छौँ । हाम्रो नेपालको स्वाधीनता सार्वभौमसत्ता सर्वाधिक खतरामा छ । इतिहासको कूनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधीनता जोखिममा छ ।

१८१६ सुगौली सन्धि र १९५० को दिल्ली सम्झौता भन्दा पनि खतरनाक बनेर एम.सी.सी. र एस.पी.पीहरु हाम्रो आकाश माथि आइरहेको छन्  ।हाम्रो देशमाथि आइरहेको छ । आज चारैतिर बहसहरु छ । नयाँ पिडिमा पनि छलफलहरु चलिरहेका छन् । देशको भविष्यको बारेमा एउटा चिन्ता छाई रहेको छ । यो एउटा संकट छ देशको रक्षा हुन्छ कि हुँदैन भन्ने स्थिति छ।  मन्त्री बन्ने एउटा रोलक्रम जस्तो भएको छ । जंगबहादुर राणाको पालामा भन्दापनि भद्दा रोलक्रम सुरु भएको छ । बाँडफाँड गर्ने, को मान्छे कति महिना मन्त्री बन्ने हो । पार्टीमा छलफल गर्ने अनि पालो पालो मन्त्री हुने कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पति उडाउने र जनतालाई दुःख दिने र फर्किने फेरि अर्को फटाहा त्यहाँ पुग्ने फटाहाहरूको रोलक्रम चलिरहेको छ । राणा शासनले जसरी आफ्ना भारदारहरुलाई जम्मा गरेर रोलक्रम बाँड्थ्यो आज नेपालका संसदवादी पार्टीहरु विदेशी साम्राज्यवादिका योजनाहरु रोलक्रम लगाउँदै छन ।  छ- छ महिनामा मन्त्री फेर्ने तीन तीन महिनामा मन्त्री फेर्ने देशको ढुकुटी उडाउने,   देशलाई बेरुजुमा डुबाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, पैसा लुकाउने, कुम्ल्याउने र जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने  यो एउटा जटिल परिस्थिति   देखिन्छ ।

राजनीतिकरूपमा   यत्तिको भद्दा मजाक नेपालको राजनीतिमा कमै पाइन्छ।  धेरै जसो मन्त्री परिवर्तन भएका छन  । अरु  दौरासुराल सिलाउनतिर लागेका छन। जनतालाई हेर्दा पनि वाक्क दिक्क लागिरहे जस्तो भइरहेको छ । जनताको घरमा चामल छैन । खाना छैन । अभाव छ । महंगीले थिचेको छ । चौपट छ । दिन दहाडै बलात्कार भएको छ । लुटिएका छन तर राज्यमा बसेका मानिसहरू आफनो गुटको स्वार्थकोलागी, आफ्नो दलको  स्वार्थकोलागी केही मान्छेको झोली भर्नका लागि,  सिङ्गै देशलाई मोलमोलाई गरिरहेको छ, लुटी रहेको छ ।परिवेश यस्तो छ।   आजको दिनमा राजनीतिक परिस्थिति यो हो कि होइन ?  हामीलाई चाहिएको व्यवस्था यहि हो त ?  यो कसको व्यवस्था हो ? हामी  देखिरहेका छौं । यो लुटेराहरूको व्यवस्था हो ।  यो वासिङ्टन र दिल्लीबाट लादिएका, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागुगर्ने दलालहरूको व्यवस्था हो । यो मुठ्ठीभर  मानिसहरूले मात्र मस्ती गर्न पाउने  व्यवस्था हो । यसलाई   जनताको संवेदनशीलतासंग सरोकार  छैन । राजनीतिक रूपले असफल हुँदापनि बन्दुको नोबबाट शासन गर्ने दुससाहस  चलिरहेको देखिन्छ।  कुनै जनतापनि  सन्तुष्ट छैनन्।

हामी  देशभरि जान्छौ, हाम्रा बुद्धिजीवीहरु सन्तुष्ट छैनन्  । उद्योगी – ब्यवसायी  सन्तुष्ट छैनन् । युवा  सन्तुष्ट छैनन् । राजनीतिक पार्टीका इमान्दार नेता तथा कार्यकर्ताहरु पनि सन्तुष्ट छैनन्  । तर यो नै लोकतन्त्र हो । यो नै जनताको असल व्यवस्था हो भन्दै जबर्जस्त बन्दुकको भरमा, बुटको भरमा शासन गर्ने, दमन गर्ने प्रणाली चलिरहेको छ । नेपालमा यसको प्रतिबिम्ब अर्थिक क्षेत्रमा हेर्नुहोस देश टाटा पल्टिएको छ । पेट्रोलको भाउ दुईसय,  तरकारी, चामल छ, गाडीभाडा त्यतिकै आकासिएको छ । देशमा ओहोर दोहोर गर्न गाह्रो भाई  रहेको छ । नागरिकहरूको जीवन सहजढंगले चल्ने स्थिति छदैछैन । क्षतविक्षत बन्दैछ त्यो आर्थीक क्षेत्रको एउटा ठुलो संकट हो । केही बुदिजिविको तर्क छ, केही अर्थविद के भन्छन्,  छिटो रेमिट्यान्स पठाई दिनुपर्यो । आफनो देशमा के बनाउने यीनलाई चासो छैन । दीर्घकालीन कसरी चल्ने   मतलब छैन । विदेशमा गएका साठी लाख युवालाई अपिल गरिएको छ । छिटो पैसा पठाउनु पर्यो  । देश सिद्धिन  थाल्यो ।   हामी    सुन्दै छौँ अर्कोतिर केही मुठीभर मानिसहरूले पैसा लुकाइ रहेका छन् । अरबौं रुपयाँ अर्थात  एउटै कम्पनीले ८  अरब  , १२   अरब, ३२ अरब रुपयाँ कुम्लो पारेर विदेशतिर लैजाने तयारी गर्दैछन् ।

यस्तो बेला   हामीलाई देशलाई रक्षा गर्ने ,  आवाज बुलन्द गर्ने,  जनतालाई सुचित गर्ने र जनताका सूचना माध्यमहरु चाहिएको छ । कुनै मोल्त्ल  नगर्ने,  कसै- कसैको विज्ञापन खाएर चुप लाग्ने सञ्चार माध्यमहरु होइन, जनताको पक्षमा खरो रुपमा उत्रेर लडने सञ्चार माध्यम   चाहिन्छ । हाम्रो देशमाथि खतरा आइलागेको बेला बढि महत्व दिएर लडने सञ्चार माध्यमहरु चाहिएको छ।   जनताको जीवन अस्तव्यस्त हुँदा  उसको  चाहनालाई मुखरित  गर्ने, उनको हितमा लडने सञ्चार माध्यम चाहिएको छ । विदेशी अतिक्रमणकारीले हाम्रो देशमाथि अतिक्रमण गर्दै छन् ।  ससारलाई लुट्दै हिँडेका लुटेराहरुले हाम्रो देशको प्राकृतिक श्रोत साधनमाथि आँखा गाडेका छन् । हाम्रो देशको जलमाथि आँखा गाडेका छन् । हाम्रो देशको खनिजमाथि आँखा गाडेका छन् । हाम्रो देशको जडिबुटीमाथि आँखा गाडेका छन् । हाम्रो माटोमाथि आँखा गाडेका छन् । एउटा जटिल लडाई छ । यो बेलामा कतातिर उभिएर लडने, कसले लडने  चिन्ता पनि लाग्छ । नेपालमा सयौ हजारौं सञ्चारमाध्यम   छन । कयौंबाट  एमसीसीको विज्ञापन  सुन्नुपर्छ । एमसीसी बिरोध गर्नेहरु कुरा नबुझेका मान्छेहरु हुन । उग्रबादी हुन भन्ने विज्ञापन सुनेका छौ ।  एमसीसी राम्रो हो । असल हो । विकास ल्याउँछ । यसले जनताको हित गर्छ । देशलाई हित गर्छ भनेर पैसा कमाउने माध्यमहरु हुनु हामीलाई दुःख लाग्छ।  हामीले भनेका थियौ, अमेरिकाले एमसीसी त्यसै ल्याएको छैन । एमसीसीलाई जुन उदेश्यले लाद्न खोज्दैछ  त्यो सहयोगको भावना होइन ।  नेपालको जनताको दुःखलाई समाधान गर्ने उदेश्य होइन । दुःखमा फाइदा उठाउने, लुट्ने उसको साम्राज्यवादी नीति हो ।

नेपाली जनताको संकटबाट फाइदा उठाउने प्रवृत्ति हो ।  हामीले   देखेका थियौ   त्यसले कब्जा गर्ने योजनासहित आउँदैछ भन्ने कुरा   भनेका थियौ , तर आयो र आइरहेको छ । एमसीसीपछि एसपीपी आहिरहेको छ । एसपीपी नेपालमा खुलम -खुला सैनिक ब्यारेक खोल्ने जर्नलफिलिंकले घोषणा गरेर फर्केका छन् ।  उनले अन्तर्वार्तामा हामी  नेपालमा सैन्य  अड्डा बनाउन चाहन्छौं भन्ने कुरा घोषणा गरेर फर्केका छन् ।  यसका बिरुद्ध कयौ सञ्चार माध्यमहरु लडी रहेका छन तर कयौले चाकरी बजाई रहेका छन ।  सञ्चार माध्यममा एउटा ध्रुविकरण चलिरहेको छ र  चलाउन पनि जरुरी छ । त्यसैले मित्रहरू, हाम्रो जनपत्रिका अनलाइन तपाईहरुसँग मिसिएर मात्र होइन् ।  कुनै  विदेशीहरूको दानापानी खाएर होइन । कसैको विज्ञापनमा चरेर होइन । कुनै स्वार्थ,  डरधम्की त्रासमा होइन यसले अग्रभागमा बसेर साम्राज्यवादको बिरुद्धमा लड्नेछ र लड्नुपर्छ । यो अनलाइनले सबैसँग काध मिलाउनु पर्छ । राष्ट्रवादी, देशभक्त पत्रकार, संचार माध्यमहरूसंग देशको स्वाधीनता चाहने पत्रकारहरुसंग कदममा कदम मिलाउनुपर्छ  र मिलाउने छ। आवश्यक पर्यो भने मोर्चाको पनि अग्रभागमा बसेर लडाई लड्नु पर्यो र खतरा मोल्नु पर्यो भनेपनि पत्रकार बन्धुहरु तपाईंहरूसंगै र तपाईंहरूको अगाडी बसेर यो अनलाइनले लड्नुपर्छ र लडने छ । हामीलाई त्यो   विश्वास छ ।   हाम्रो पार्टीलाई आरोप लगाइन्छ र दमन गर्ने प्रयत्न गरिन्छ । राज्यले हामीलाई प्रतिबंधसमेत  लगाउने काम गर्यो।

हामी  भ्रष्टाचारको विरुद्ध, मानव तस्करको विरुद्ध,  दिदी बहिनीहरुलाई उत्पिडन गर्ने प्रवृतिका बिरुद्ध लडेका थियौ तर हामीलाई प्रतिबंध लगाइयो ।  कयौ सञ्चार माध्यमहरुले लड्नु भयो । सहयोग गर्नु भयो । पत्रकार बन्धुहरु बिरोधमा उत्रिनु भयो ।  हामीले त्यतिबेला धन्यवाद पनि दियौ ।  आज फेरि त्यस्तै खेल सुरु हुदैछ । राज्यले हामीसँग   तीन बुँदे सहमति त गर्यो तर तीन बुँदेलाई इमान्दारी पूर्वक लागू गरेको छैन ।   आज पनि हाम्रा चालिस जना भन्दा बढी साथिहरु जेलमा हुनुहुन्छ । कसैको स्वास्थ्य एकदम कमजोर छ । कोही घाइते हुनुहुन्छ । बिरामी हुनुहुन्छ । कसैको परिवारमा समस्या छ ।   हामीसंगै लडेको हो नि,  दुई वर्ष  हामीले नेतृत्व गरेको हो।   हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी  हौ। नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध संघर्ष चलाएको थियो । त्यो सँघर्षको नेतृत्व हामीले गरेका थियौ । हाम्रो नेताहरुले गरेका हुन । कयौ नेताहरुलाई छोडियो तर हाम्रा योद्धा कमरेडहरुलाई युवाहरुलाई छोडिएको छैन् । यो एउटा षड्यन्त्र हो । यो जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो। हाम्रा पत्रकार बन्धुहरु पनि  लडिरनु भएको छ। अबको  लडाइँमा पनि हामीलाई यस्तो खरो मोर्चा चाहिएको छ । हरदिन चौबिसै घण्टा अत्याचार र विरुद्धमा कलम चलाउने लडने सूचना प्रवाह गर्ने सञ्चार माध्यमहरु चाहिएका छन् ।

त्यसमा  तपाईंहरू हुनुहुन्छ । हामी छौँ र हामी  सिधै अपिल गर्न चाहन्छौ- यो  जनपत्रिका अनलाइनले कुनै पनि मूल्यमा नेपाली जनताको हितमा लडन तयार हुनेछ कुनैपनि स्थितिमा जुनसुकै फासीवाद, जुनसुकै दमनकारी निरंकुशता या तपाईंको हामीमाथि लाधिने राज्य आतंकको प्रतिवाद यो अनलाइनले गर्नुपर्छ र अग्रभागमा लड्नु पर्छ ।  जनताको अधिकारको पक्षमा यो उत्रिनु पर्छ। आज महंगीले जनताहरू छट्पटाउँदै गर्दा, जनताको जीवन तहस नहस हुँदा, हरदिन हर समय जनताको पक्षमा लडने सञ्चार माध्यम चाहिन्छ र यो अनलाइन ले त्यो भूमिका पूरा गर्नुपर्छ  र गर्नेछ। महंगीको विरुद्धमा, लुटको विरुद्धमा, सम्पति   लुकाउने, वस्तु लुकाउने, जनताको कष्टबाट फाइदा उठाउन चाहने दलालहरूको विरुद्धमा संघर्ष गर्नु पर्नेछ र त्यो संघर्ष यो अनलाइनले अग्रणी भूमिका निभाउनेछ भन्ने हाम्रो विश्वास छ।

आज थुप्रै प्रकृतीहरु देखिएका छन् । एउटा दलाल प्रवृति  देखिएको छ । दलालप्रवृत्तिलाई सहयोग गर्ने सञ्चार माध्यम पनि देखिएका छन ।  जसको शक्ति उसैको भक्ति भन्या जस्तो,  जो सत्तामा छ, जो ले सुविधा खाइरहेको छ उनीहरुको प्रचार गरेर हिड्ने सञ्चार माध्यमहरु पनि छन्र । त्यसमा हाम्रो भन्नु केही छैन । एउटा चाहिँ  राज्यमा सम्झौता गरे स्वार्थ लिने, फाइदा उठाउने प्रवृति छ ।   तिनलाई कुनै मतलब र चासोपनि छैन ।  जनताको देशको त्यो प्रवृतिका बिरुद्ध पनि हामी  लड्नुपर्छ । कहिले- काही आन्दोलनले, वर्गसंघर्षले अनौठा- अनौठा प्रवृत्ति पनि जन्माउँछ । कम्युनिष्ट आन्दोलनमा या लोकतान्त्रिक आन्दोलनमा केही घुमन्ते, फिरन्ते, मगन्ते मान्छेहरू पनि जन्मन्छन । तिनको  केही मतलब हुँदैन । झोला बोक्छन् । एउटा डायरी झोलामा हाल्छन्र । कुन  घर भित्र पस्यो भने के फाइदा पाईन्छ त्यतिमात्र सरोकार हुन्छ । यी घुमन्ते, फिरन्ते र मगन्तेहरूको विरुद्धमा पनि लड्न जरुरी छ । कुनै दायित्व बोध नगर्ने आफू कहा छु  भन्ने कुरा बिर्सिने आफनो तुक्ष स्वार्थको लागि बबण्डर फैलाउन खोज्ने साम्राज्यवादीहरू जोसँग जनतालाई जनताको लडाई परिरहेको छ । त्यसलाई फाइदा पुग्ने गरी कोकोहोलो  मच्चाउदै स्याल कराए जस्तो कराउने प्रवृति  पनि देखिन्छ।

हाम्रो अनलाईनले ति फिरन्ते, घुमन्ते ,मगन्तेहरुसंग पनि लड्नुपर्छ।   तिनीहरूको विरुद्धमा यति मोर्चा कस्नुपर्छ  कि तिनको भ्रम,  गलत प्रचारसंग पनि जुध्नुपर्छ।  हाम्रो जनपत्रिका अनलाईनले त्यो  भूमिका पूरा गर्नुपर्छ । अवसरवाद  एउटा घृणित प्रवृति  हो । स्वार्थको निम्ति झुटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्नु साम्राज्यवादीलाई खुसी पार्नु, यहाँका लुटेराहरुलाई खुसी पार्नु, क्रान्तिकारी र क्रान्तिकारीको आस्था माथि हमला बोल्नु र उनीहरू सँग गएर थाल थापेर दुई छाक टार्नु  यी  घुमन्ते र फिरन्तेहरूको चरित्र हो । त्यसकारण तपाईंहरू हामी निर्धक्कसंग लड्नुपर्छ. । हामी  कुनै दृष्टिकोण नभएका ति पेन्डुलमसंग लड्नु पर्छ । जसको न कुनै ठुलो आकांक्षा छ । न कुनै दृष्टिकोण छ ।  न सुझबुझ छ । यस्ता गैर जिम्मेवार मान्छेसंग पनि लड्नुपर्छ। नेपालमा एउटा यस्तो छ निरासा बाँडेर जीवन चलाउने मान्छेहरु पनि छन।   युवाहरुलाई निरास बनाएर जिविका चलाउने प्रवृति पनि छ । सिद्धियो – खतम भयो भन्दै विदेशीहरुलाई गुहार्दै  नेपालको स्वाधीनतामाथि हस्तक्षेप गरेकोमा चिन्ता नगर्ने निरासाबादी प्रवृति  छ । यो  निराशावादको विरुद्धमा पनि लड्नु पर्छ ।  यहा उपस्थित युवाहरुलाई अपिल गर्न चाहन्छु कि – हामी  विदेशमा गएर होइन । यहाँबाट पलायन भएर होइन । कुनै विदेशी धनाढ्य चौकीदार बन्नको लागि होइन।   हामी यही बस्नुपर्छ । आफनो देशमा बस्नुपर्छ । यहाँको जाली फटाहासंग लड्नुपर्छ । यहाँका दलालहरुसँग लड्नु पर्छ र यो दलाल पुँजीवादी सत्तालाई लत्याएर जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्छ र त्यो संघर्षर्का लागि तपाईं हामी  तयार हुनुपर्छ ।

यो मोर्चामा अनलाईनले भूमिका पूरा गर्नुपर्छ।  हो, कुनै परिवेशले युवाहरू विदेश गईहालेको भएपनि हामी  युरोपमा पुगेपनि पूर्वी एसियामा पुगे पनि,  जापान, मलेसिया, अरब  पुगेपनि हाम्रो देशलाई बिर्सिनु हुँदैन र बिर्सिनु भएको पनि छैन । युवाहरुले जुनदिनसम्म हाम्रो देशको पश्चगामी प्रतिक्रियावादी व्यवस्था परिवर्तन हुँदैन । यहाँको दलाल पुँजीवादी बर्गहरूको सत्ता ढल्दैन । नेपाली जनताको समाजवाद बन्दैन त्यो दिनसम्म तपाईं डलरमै पुरिएर बसेपनि, विदेशमा ठुला – ठुला भाषण गरेपनि, छाती खोलेर विदेशमा बसेपनि त्यो देशको भविष्य निर्माण हुनेवाला छैन, यो देश राम्रो बन्नेवाला छैन । देशलाई राम्रो बनाउने चाहना राख्ने हो भने नेपालका युवाहरुले एकचोटी आँट गर्नु पर्छ। नयाँ पुस्ता निरास हुने होइन । आफनो देश छोडेर समस्याबाट मुक्त हुने चाहना राख्ने होइन । यही बस्नु पर्छ गाउँगाउँबाट जनयुद्धमा सामन्तहरुको  जरा उखेलेको जस्तो उखेल्नुपर्छ र यो सत्तालाई फेरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ । त्यसपछि मात्रै यो देशमा  आफनो खुट्टामा उभिएर आफनो पहिचान खडा गर्न सकिन्छ । हाम्रो  स्वतन्त्रमुलक  आर्थिक,  प्राकृतिक श्रोत साधनले पूर्ण छ। यहाँका अल्छी र मूर्ख शासकलाई  विदेशीको आडमा भरोसामा चल्ने  बानिपरेका  कारणले  देश   जटिल बन्यो ।

जनयुद्धले ति पहाडहरुलाई भत्काएको थियो । ती सारा विकृतिहरुलाई साफ परेको थियो । तर ती उपलब्धिहरुलाई अन्तिम टुंगोमा पुर्याउन सकेन र तिनीहरूका भुतहरु काठमाडौंमा फर्केर आएर बढिरहेका   छन ।  यी सामन्तवादका, पूँजीवादका भूतहरू फर्केर काठमाण्डौको शासन जमाएका छन र जनतामाथि फेरि दानवीय सत्ता लाधिरहेका छन । त्यसकारण हामीले हाम्रो इतिहासको गौरवलाई सम्झिनु पर्छ । हाम्रो पुर्खाहरुले पौवागडिको लडाइँमा अंग्रेजहरुलाई लखेटेर नेपाल बचाए जस्तै, नालापानीको युद्धमा लडे जस्तै, हाम्रा अग्रजहरुले राणा शासनलाई फाले जस्तै, हाम्रा अग्रज हरुले पञ्च्यातलाई ढाले जस्तै, हाम्रा पुर्खाहरुले सामन्तबादलाई गाउँ -गाउँबाट लखेटे जस्तै नेपालमा अब अन्तिम लडाई हुँदैछ ।  दलाल पूँजीवादको जगमा दलाल पूँजीवादका जराहरु सहरमा गाडिएका छन् । गाउँमा गाडिएका छन । यिनीहरुले जनतालाई चुसी रहेका छन् । यिनीहरू सहरबाट र गाँउबाट सबै तिरबाट उखेलेर फाल्ने आँट गर्नु पर्छ र  त्यो सम्भव छ । यो लडाई हामीले जित्नुपर्छ र अनलाईनहरुले हामीलाई साथ दिनुपर्छ । यो जनपत्रिका अनलाईनले सबै   मोर्चा लड्नु पर्छ । आज यो  अनलाईन छ भोलि   यसले विकास गरोस् यो  युटुबतिर प्रवेश गरोस । यसले ठूलो  क्षेत्र ओगटोस र यो संग सहकार्य गर्दै नेपाली जनता र  देशको रक्षा गर्दै अगाडि  बढोस शुभकामना दिन चाहन्छु ।

अन्तिममा   हाम्रो पार्टी  लडन तयार छ  र लड्दै आएको हो । आजपनि लडिरहेको छ।   जनतालाई दुःख पर्दा यो पार्टी होमिन्छ । देशलाई खतरा पर्दा यो पार्टी होमिन्छ । हामीले भनेका छौं एउटा समय आउँछ नेपालका प्रगतिशील, देशभक्त शक्ति एक् हुनेछन । त्यसमा नेपाली सेनाले पनि सोच्नु पर्छ । नेपाल प्रहरीले पनि सोच्नुपर्छ ।

त्यसमा नेपालका उद्योगी  व्यवसायीले पनि सोच्नुपर्छ । जो आजसम्म बढी पूँजीको हमलामा परेर बिग्रिँदै टाट पल्टिदै छन ति सबै राष्ट्रिय उद्योगपतिले सोच्नुपर्छ। नेपालका किसान, मजदुर,  युवा, बुदिजिवि सबैले सोच्नुपर्छ । तपाईंहरुले अनुमति दिनुहोस् । सहयोग गर्नुहोस् । दलाल पूँजीवादलाई गलाउन  कुनै आईतबार पर्खिनु पर्दैन । हामी  लड्न सक्छौ हामी  भिड्न सक्छौ । यसको लागि यो अनलाईन खबरले अवश्य पनि अग्रणी भूमिका निभाउने छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।