१६ बैशाख २०८१, आईतवार

नेकपा धादिङद्वारा सहकारीका समस्या समाधान गर्न साझा संघर्ष समिति निर्माण गर्न आह्वान

0

 

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी धादिङ्गले सहकारीका कारण उत्पन्न समस्याको बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यसको उचित समाधानको लागि साझा संघर्ष समिति निर्माण गर्न सबै उत्पीडित जनसमुदायलाई आह्वान गरेको छ । नेकपा धादिङ्गका सेक्रेटरी प्रमोद सीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,-‘श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था जनताको समस्या उत्पन्न कर्ता हो कि हलकर्ता हो भन्ने प्रश्न जताततै उठेको छ । पीडित माधव पाेख्रेल र स्राेत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई संवाद र छलफल गरि उचित प्रकारको समस्या समाधानको निमित्त अनुरोध गर्दछौं । यदि कुनै पनि वित्तीय संस्थाले समस्या समाधान भन्दा पनि एकलौटी रूपमा पेलेर गएमा नेपाल कम्युनिस्ट पार्टी सबै उत्पीडित जनताको पक्षमा उभिने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछाैँ ।’

विज्ञप्तिकाे पूरा पाठ-

नेपाल कम्युनिस्ट पार्टी विगत देखि राष्टियता ,जनतन्त्र र जनजीविकाका सवालमा निरन्तर आवाज उठाउदै आएको कुरा अवगत नै छ। हाल दलाल पुँजीवादी व्यवस्थाका कारण विभिन्न समस्य उत्पन्न भएको छ। राजनीति र राज्यसत्ताको चरित्र अनुसार सामाजिक, आर्थिक र साँस्कृतिक चरित्र पनि बदलिदै जाने हुदा दलाल राजनीति र सत्ताको असर समग्र पक्षमा पर्दै गएको छ। त्यसको असर वित्तीय संस्थामा पनि परेको छ। हिजोका सामन्ती ,जाली फटाह लुटाहाका भुमिकाका वित्तीय संस्थाले खेलेको छ। प्राय जसो बित्तीय संस्थाहरु जनहित भन्दानी वित्तीय संस्थामार्फत लुट्ने उदेश्यले खोलिएका छन् । यसले जनता उठ्नै नसक्ने गरी आर्थिक रुपमा थिचिएका छन् । धेरैको घरबारबिहिन बनाउदै लगेको छ । बैंक, सहकारी र लघुबित्तले ब्याजदर वृद्धि र हर्जाना बापत जनताको सम्पत्ति लुट्दै आएको छ । सम्झौता म्याद भन्दा अगाडि नै सम्पत्ति हडप्न्ने गरेको छ। लघुबित्तले ग्रामीण भेगको सोझा महिलाहरुको समुह बनाइ लुट्दै आएको छ भने कतिपय सहकारीले जनताको बचत नै लुटेर भागेका छन् । यसै क्रममा २०८० मंसिर १५ गते काठमाडौंबाट प्रकाशित हुने दियोपोष्ट अनलाइन संचारमाध्ययममा ‘धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोह : किर्ते गरेर करोडको जग्गा कब्जा’ शीर्षकमा समाचार प्रकाशित र त्यसैको खण्डनमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको नीलकण्ठ न पा ३ धादिङको विज्ञप्ति र २०८० मंसिर २१गते फेरि मिडियामा प्रकाशित अर्को समाचारले नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो समस्या जिल्लाभरी नै भएकोले उचित समाधानको लागि साझा संघर्ष समिति निर्माण गर्न सबै उत्पीडित जनसमुदायलाई यसै विज्ञप्तिमार्फत आव्हान गर्दछौँ ।
साथै श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था जनताको समस्या उत्पन्न कर्ता हो कि हलकर्ता हो भन्ने प्रश्न जताततै उठेको छ । पीडित माधव पाेख्रेल र स्राेत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई संवाद र छलफल गरि उचित प्रकारको समस्या समाधानको निमित्त अनुरोध गर्दछौं । यदि कुनै पनि वित्तीय संस्थाले
समस्या समाधान भन्दा पनि एकलौटी रूपमा पेलेर गएमा नेपाल कम्युनिस्ट पार्टी सबै उत्पीडित जनताको पक्षमा उभिने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछाैँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।