३० बैशाख २०८१, आईतवार

कथित पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश ठिक अवस्थामा छ कि छैन ? माइला सी

0

काठमाडौं:  नेकपाको काठमाडौं ३ नं. जिल्ला भिम ढुङ्गामा भएको जनसम्बन्ध विस्तार अभियान कार्यक्रममा नेकपाका पोलिट ब्यूरो सदस्य माइला सीले सम्बोधन गर्दै कथित पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश ठिक अवस्थामा छ कि छैन ? भनेर प्रश्न गरेका छन् ।
उनले पार्टीले चालेको साम्राज्यवादका विरुद्धको संघर्षले आतंकित भएर के गर्ने के गर्ने भएर पक्राउ पुर्जी जारी गरेको र देशलाई अशान्ति र युद्धमा धकेल्न खोजेको बताए ।

नेकपाले पक्राउ पुर्जी खारेज गरिसकेको र यसको कुनै अर्थ छैन यदि निउ खोज्न आए काउन्टर गर्ने बताउदै नेता माइला सीले फाल्गुन २१ गते केपी ओली प्रधानमन्त्री हुँदा सरकार र नेकपा बिच सहमति भएको प्रष्ट भएको र सरकारले फिर्ता लिनुपर्ने दाबी गरे ।


जनताको सुखदुःखमा पार्टी सधैं साथमा रहेको उनले प्रष्ट पारे ।
कार्यक्रमको सभाअध्यक्ष रकम सी, प्रमुख अतिथि माइला सी, अतिथी डि आर सीको उपस्थितिमा भएको कार्यक्रममा प्रज्ञा सीको नेतृत्वमा नौ सदस्यीय नगर महिला समिति गठन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।