२५ पुष २०८१, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज बिहान भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उललंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध जारी गरेको आदेशको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा अध्यक्ष माधब नेपालले जिल्ला अदालत काठमाडौँको आदेशले आफुलाई अचम्मित तुल्याएको बताउदै यस बिषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल गर्ने बताएका थिए । उनले सरकारले तीन बुँदे सहमतिको पालना गर्नु पर्ने बताउदै जिल्ला अदालत काठमाडौँको आदेशले सकरात्मक दिशामा अगाडी बढिरहेको राजनीतिलाई बिथोल्न खोजेको आशंका समेत व्यक्त गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चा नेपालको गठन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको सकरात्मक प्रभावको बिषयमा छलफल भएको र देशको राष्टिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्य सहित बनेको समाजवादी मोर्चाको आगामी कार्यक्रम छिट्टै बैठक बसेर सार्वजनिक गर्ने सहमति समेत भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।