२५ पुष २०८१, बिहीबार

देशमा अब नयाँ क्रमभङ्गता र धक्काको खाचो छ: एटम सी

0

हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य एवम् पश्चिम नारायणी ब्यूरो इन्चार्ज एटम सी ले देशमा ठुलो क्रमभङ्गता र नयाँ धक्काको जरुरी रहेको टिप्पणी गरेका छन।जनपत्रकार संगठन नेपालद्वारा मकवानपुरमा सञ्चालित आधारभूत पत्रकाररिता तालिमको समापन सत्रमा बोल्दै इन्चार्ज एटम सीले यस्तो धारणा राखेका हुन।

देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान निर्माण भइ यसको प्रयोग समेत हेर्दा देश दिनप्रतिदिन संकट र बिदेशी हस्तक्षेपको शिकार भएको भन्दै नेता एटम सी ले अब अहिलेकै तरिका र शैलीले देश अगाडि बढ्न नसक्ने भएकोले नयाँ क्रमभङ्गता र धक्का जरुरी रहेको बताए।

शनिबार भएको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै एटमले मुलुकमा वैदेशिक हस्तक्षेप बढेको र देशको दलाल सत्ताले बिदेशी सामु आत्मसमर्पण गरेकोले भुमण्डलीकृत साम्राज्यवाद बिरुद्ध स्वाभिमानी नेपाली देशभक्त शक्तिहरु एक ठाँउमा आउने बेला आएको समेत बताए।

“अहिले हेर्दा कम्युनिस्ट र काङ्ग्रेसहरु मिलेर सरकार चलाएको भए पनि यथास्थितिवादी र प्रतिगामी ढंगले शासन चलिरहेको छ”- उनले भने-“वित्तीय माफियाहरु मात्तिएका छ्न,यसको प्रभाव लघुबित्त र सहकारीमा समेत परिरहेको छ,अर्थतन्त्र विघटन , कङ्गालीकरण, भ्रस्टीकरण, असफल र डावाडोल हुँदै संकटमा छ, यसको उचित समाधान क्रमभङ्गता र एउटा धक्काद्वारा मात्रै हुनेछ, सामान्य टालटुलबाट अब काम चल्दैन”
चार दिनदेखि सञ्चालित तालीमको समापन कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, नेकपा मकवानपुर इन्चार्ज वाटर सीको सहभागिता रहेको थियो भने विवेकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार शोभराज बरालले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।