४ जेष्ठ २०८१, शुक्रबार

षड्यन्त्रकारीले आफ्नो निर्णय तुरुन्त करेक्सन गर्नुपर्छः प्रकाण्ड सी

0

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले काठमाडौं जिल्ला अदालतले गरेको आफ्नो षड्यन्कारी निर्णय तुरुन्त करेक्सन गर्न चेतावनी दिएका छन ।

‘जनता जान्न चाहान्छ कार्यक्रमा’ दिएको अन्तरवार्तामा प्रवक्ता प्रकाण्डले षड्यन्कारीले सोच्नुपर्ने भन्दै निर्णय तुरुन्त करेक्सन गर्न चेतावनी दिएका हुन ।

प्रवक्ता प्रकाण्डले अदालतका केही व्यक्तिहरु राज्य र सरकारको निर्र्णय भन्दा पनि कुनै विदेशी तत्वको निर्देशनमा परिचालित भएकाले आफ्नो पार्टीका नेतामाथि तीन बुँदे सहमति विपरितको गैरजिम्मेवार निर्णय गरेको आरोप लगाए ।

‘न्यायापालिकाका केही मान्छेहरु राज्यको अण्डरमा छैनन्,उनीहरुलाई चलाउने कोही अरु तत्वहरु रहेछन्’ उनले भने, ‘देश र जनता माथि अपराध गर्ने तत्व छन । अदालतलमा पनि केही मान्छे जनतालाई अधिकार दिन नचाहान्ने अपराधी तत्व छन । के राज्यसंग नेकपाले तीन बुँदे सहमति गरेको षड्यन्त्रको तानाबाना बुन्नेलाई थाहा छैन ? षड्यन्त्रकारीले सोच्नुपर्छ, आफ्नो निर्णय तुरुन्त करेक्सन गर्नुपर्छ ।’

प्रवक्ता प्रकाण्डले यस विषयमा प्रधानमन्त्री प्रचण्डसंग पनि भेटेर कुराकानी भएको खुलासा गर्दै प्रधानमन्त्रीले आफुसंग सिरियस र गम्भीर भएको बताएको र यसलाई कानुनी र राजनीतिक रुपमा समाधान गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले राज्यभन्दा माथि अदालत कहिल्यै नहुने दाबी गर्दै राज्यले विद्रोही पक्षसंग गरेको सहमति कार्यान्वयन गर्ने दायित्व अदालतको पनि भएको बताए ।

कानुनी,राजनीतिक र नैतिक रुपमा कुनै पनि वाहानामा नेकपाका नेतामाथि पक्राउ पूर्जीको आदेश दिनु अदालतको गलत तथा षड्यन्त्रकारी कदम भएको प्रवक्ता प्रकाण्डको भनाई छ ।

उनले जनताप्रति जिम्मेवार राजनीति पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि पक्राउ पूर्जीको षड्यन्त्र नगर्न चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।