४ आश्विन २०८१, शुक्रबार

नेकपा पूर्वी मोरङद्धारा मिटर व्याजी अग्रवाल र शाह विरुद्ध कडा संघर्ष गर्ने चेतावनी

0

मोरङ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी मोरङले मिटर व्याज पीडित जनताको जग्गा मिटर व्याजी पुनम चन्द्र अग्रवाल र अरुणकुमार शाहले यथाशिघ्र फिर्ता नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी दिएको छ ।

नेकपाका पूर्वी मोरङ जिल्ला सेक्रेटरी डिल्ली सीले आईतबार एक प्रेश विज्ञप्ति जारी गरी मिटर व्याजी अग्रवाल र शाहले पीडित जनताको जग्गा छिनुवा पासका नाममा आफ्नो नाममा लिएको र सावाँ व्याज तिर्दा पनि जग्गा फिर्ता नगरेको भन्दै कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका हुन ।

नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाको रंगेली स्थायी घरभई हाल विराटनगर रानीमा बसोबास गर्दै आएका मिटर व्याजी अग्रवाल र जिल्लाको सुनबर्षि डायनीया घर भएका अर्का मिटर व्याजी शाहले दर्जनौ सर्वधारणबाट छिनुवा पासका नाममा करोडौ मुल्य पर्ने जग्गा सस्तोमा आफ्नो नाममा लिएको र थोरैमा ऋण लगानी गरेको तथा सर्बसाधारण जग्गाधनीले सावाँ व्याज तिर्दा पनि जग्गा फिर्ता नगरेको पाईएको उल्लेख गरेको छ ।

मिटर व्याजी अग्रवालद्धारा रतुमामाई वडा नम्वर १ बस्ने मुन्ना माझिबाट २०७२ सालमा ८ कट्ठा जग्गा आफ्नो नाममा पास गराई १ लाख ६० हजार, छविलाल सुतिहारको २ कट्ठा जग्गा आफ्नो नामा पास गराई २ लाख, लतिफुल मियाँको ११ कट्ठा जग्गा पास गरी १ लाख २५ हजार र हेमा यादवको २०७४ सालमा ५ विगाह जमिन आफ्नो नाममा पास गराई २५ लाख ऋण दिएको पाईएको नेकपाले जनाएको छ ।

यस्तै अर्का मिटर व्याजी शाहले जिल्लाको सुनबर्षि ६ बन्ने सितादेवी चौधरीबाट २०७२ सालमा १ विगाह १२ कट्ठा जमिन छिनुवा पासको नाममा आफ्नो नाममा लिइ २२ लाख ५० हजार ऋण लगानी गरेको नेकपाले जनाएको छ । नेकपाले पीडित जनताको गुनासो ठुलो आएको र आफ्नो पार्टीलाई समेत समस्याको समाधान खोजदिन आग्रह आएको बताएको छ ।

नेकपाले छिनुवा पास भनेको भनि एउटा दलाली धन्धा भएको र यसले सयौ नागरिकहरु पीडित भएको र सावाँ व्याज सहित तिर्दा पनि जग्गा फिर्ता नगरेको पाईएको उल्लेख गरेको छ ।

नेकपाले मिटर व्याजी अग्रवाल र शाहलाई यथाशिघ्र पीडित जनताको जमिन फिर्ता नगरे कडा संघर्षका कार्यक्रम घोषणा हुने विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।