२५ बैशाख २०८१, मंगलवार

वैद्य निकट विद्यार्थी सङ्गठनबाट स्ववियुमा निर्वाचित सदस्य अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत 

0

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य तथा गुप्तेश्वर बहुमुखी क्यामपस (पर्वत) को स्ववियु सदस्य मनिसा परियार र  महेन्द्र बहुमुखी क्याम्पस (पोखरा) को इकाई अध्यक्ष अञ्जना केसी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा ध्रुवीककृत भएका छन् ।


आजको आवश्यकता भनेको क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणका साथै गतिवान पार्टीको भएको र युवाहरूको आकर्षण नेपाल कम्युनिस्ट पार्टीमा भएको  विद्यार्थी नेता मनिसाले बताए । त्यस्तै भ्रम र शुन्यताले आन्दोलन नहुने समेत बताए । अर्का नेता अञ्जनाले क्रान्तिकारी आन्दोलनमा ध्रुवीकरणको शृङ्खला निरन्तर चलिरहने बताइन् । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय  कार्यलय सदस्य प्रकाशले अब युवा विद्यार्थीको नेतृत्व नेकपा र अखिल (क्रान्तिकारी) ले गर्ने बताए । ध्रुवीकरणमा आउनेहरुलाई  काजी सी, उभार सी र परिवर्तन सी लगाएतका जिल्ला नेताहरूले स्वागत गरेका थिए । ध्रुवीकरण कार्यक्रमको सञ्चालन कास्की जिल्ला अध्यक्ष केश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।