२२ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी निकट ३ वटा जनबर्गीय संगठनको पर्सा जिल्ला भेला सम्पन्न

0

पर्सा । नेपाल कम्युनिष्ट पार्टी निकट तीन वटा जनबर्गीय संगठनहरुको संयुक्त पर्सा जिल्ला भेला मंगलबार जिल्लाको सदरमुकाम विरगंज स्थित बस डिसडिलुवामा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी),अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र युवा संगठन नेपालको संयुक्त जिल्ला भेला सम्पन्न भएको हो । भेलाले तीनवटै जनबर्गीय संगठनहरुका अलग –अलग जिल्ला कमिटी निर्वाचित गरेको छ ।

संयुक्त भेलाबाट सुरेश पासवानको अध्यक्षतामा १३ सदस्सीय अखिल क्रान्तिकारी, कान्तिरामकोे अध्यक्षतामा १९ सदस्सीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र दिपेन्द्र यादवको अध्यक्षतामा १९ सदस्सीय युवा संगठन नेपालको जिल्ला कमिटी निर्वाचित भएका छन ।

भेलाका प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले उद्घाटन गर्दै नेपाली राजनीतिको अग्रगामी निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गरिन ।

अध्यक्ष बन्धुले महिलाहरुको पूर्ण अधिकार समाजवादी व्यवस्था विना नपाईने भएको भन्दै संघर्षमा लाग्न महिलाहरुलाई आग्रह गरिन ।
भेलाका अतिथि पूर्वी नारायणीय व्यूरोका इन्चार्ज रक्तिम सीेले क्रान्ति नेपालमा अनिर्र्वाय भएको बताए ।

उनले नेपालमा समाजवादी क्रान्तिको नेतृत्व नेकपाको नेतृत्वमा जनवर्गीय संगठनदेखि सबै देशभक्त,प्रगतिशील,वामपन्थी र कम्युनिष्टहरुले गर्ने बताए ।

भेलाका अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय निवर्तमान उपाध्यक्ष नरेन्द्र सीले क्रान्तिको मोर्चामा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यार्थीहरुले अझै पनि नेपालको अधुरो क्रान्तिलाई पुरा गर्ने महाअभियानमा लाग्नुपर्ने बताए ।

युवा संगठन नेपालका केन्द्रीय महासचिव तिलक सीले युवाहरुको काँधमा नेपाल परिवर्तनको जिम्मेवारी आएको बताए । उनले नेपालको स्वाधीनता खतरामा परेको भन्दै नेपाली युवाहरुले देश बचाउन संघर्षको मोर्चामा लाग्नुपर्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज बिनोद सी,सेक्रेटरी फिरोज सी लगायतका नेताहरुको पनि आतिथ्यता रहेको थियो ।
युवा संगठन नेपालका केन्द्रीय सदस्य बिबेक सीको अध्यक्षतामा सम्पन्न संयुक्त भेलाको संचालन कान्तिरामले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।