२५ बैशाख २०८१, मंगलवार

नेपाल कमर्श क्याम्पसको १२ औं इकाई सम्मेलन सम्पन्न

0

काठमाडौं । अखिल (क्रान्तिकारी)को नेपाल कमर्श क्याम्पस मिनभवनको १२ औं इकाई सम्मेलन आईतबार सम्पन्न भएको छ ।

दलाल पुँजीवादी व्यवस्था र भ्रष्ट राजनीतिको उन्मूलन,बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि १२ औं इकाई सम्मेलन भन्ने मूल नाराका साथ इकाई सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले सलुन सीको अध्यक्षतामा २५ सदस्सीय इकाई कमिटी निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष श्री कान्त,सचिव कृष्ण खड्का,सहसचिव राम कंवर र आदित्य दिप र कोषाध्यक्ष रोजिन बस्नेत लगायत रहेका छन ।

सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय निबर्तमान उपाध्यक्ष नरेन्द्र सीले नवनिर्वाचित टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । उनले देशको परिवर्तको लागि युवा विद्यार्थीको काधँमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।