४ जेष्ठ २०८१, शुक्रबार

समाजवादी मोर्चा भक्तपुरद्वारा विप्लवसहितका नेतामाथि गरिएको प्रकाउ पुर्जीको विरोध

0

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय समाजवादी मोर्चा नेपाल, भक्तपुरले नेकपाका महासचिव विप्लवसहितका नेतामाथि काठमाडौं जिल्ला अदालतले मंसिर १८ गते गरेको पक्राउ पूर्जीको आदेशकाे विरोध गर्दै गम्भीर आपत्ति जाएको छ ।

जसपाको कार्यालय दुधपाटीमा आज विहान बसेको समाजवादी मोर्चा जिल्ला समिति भक्तपुरको बैठकले यो आदेश तीन बुँदे सहमति, शान्ति प्रक्रिया र अग्रगामी राजनीतिक निकास विरुद्ध भएको ठहर गरेको छ ।

मोर्चाले अदालतको आदेश यथाशिघ्र फिर्ता गरिनु पर्ने, नेकपाका नेतामाथि लगाइएका झुट्टा मुद्धा खारेज गरिनु पर्ने ठहर गरेको छ । साथै देशको तत्कालीन समस्या शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेको पहल कदमीमाथि आघात पुग्ने समेत ठहर गरेको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,’यसप्रकारका गतिविधिले सम्झैतामा सामेल पक्षहरू बिच अविश्वास सृजना गर्छ र अन्ततः शान्ति र सुसाशनको प्रक्रिया नै अबरुद्ध पार्ने हुनाले यस्तो गतिविधि एवम् क्रियाकलाप कुनै पक्ष वा निकायबाट नगर्न र नगराउन समाजवादी मोर्चा नेपाल, भक्तपुर हार्दिक अपिल समेत गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।