२० बैशाख २०८१, बिहीबार

पक्राउ पूर्जी न्यायलयको ढोकाबाट आएको अमेरिकी आक्रमण होः विप्लव सी

0

कपिलबस्तु । एमसीसी र क्रिश्चियन धर्म– राजनीति विरुद्ध हाम्रो पार्टीले चलाएको संघर्षबाट त्रसित अमेरिकाले अदालतमा रहेका आफ्ना दलाल प्रयोग गरेर हमला गरेको छ । सामाजिक स्थिरता,धार्मिक सहिष्णुतामा खलबल पारेको भन्ने आरोप आफैमा अमेरिकी चासोका विषयहरु हुन । यो आरोप समाजवादी मोर्चाका विरुद्धको आक्रमण पनि हो । प्रतिबन्ध,बार्तामा दलाल,मुद्धा,हत्या हुदै अदालतको पक्राउ पूर्जी हाम्रा विरुद्धको पछिल्लो आक्रमण हो ।
वार्ता छलफल कुटनीतिक भेटघाटले होईन,आफ्नो शक्ति सुदृढ गरेर मात्रै प्रतिरोध गर्न सम्भव छ । यसरी मात्र परिस्थितिलाई नियन्त्रण गर्न सकिन्छ । ओली सरकारसंग भएको ३ बुँदे कार्यान्वयन गर्न तयार भएनन् भने प्रतिरोध गर्नुपर्छ । दलाल पुँजीवादले हामीलाई आत्मसमर्पण वा भूमिगत जान बाध्य पारेर क्रान्तिकारी र देशभक्त धार समाप्त गर्न चाहेको छ । तर हामी उसको सबै षड्यन्त्र विरुद्ध लड्न आवश्यक छ ।

एमसीसी र क्रिश्चियनीकरण विरुद्ध देशभक्त शक्तिलाई एकतामा ल्याएको कारण अमेरिका हाम्रा विरुद्ध आएको छ । पार्टीहरु भ्रष्टाचारमा डुबेका कारण बोल्न सक्दैनन् । पक्राउ पूर्जी अमेरिकी निर्देशनमा कानूनी मोर्चाबाट गरेको दलाल पुँजीपतिवर्गको आक्रमण हो । समाजवादी मोर्चा मार्फत हामीलाई संसदवादमा धकेल्न चाहेका थिए । त्यो षड्यन्त्र प्रत्युउत्पादक भएपछि दबाव दिन अदालतलाई प्रयोग गरेका छन ।
(२०८० पुस १ गते पिवि बैठकमा व्यक्त विचारको सम्पादीत अंश )

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।