१६ बैशाख २०८१, आईतवार

आज ४४ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइदै

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालको ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रमहरुसहित मनाइदैछ । क. पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भएको थियो भने उनको मृत्यु वि.सं.२०३५ साल साउन ७ गते अर्थात आजकै दिन भएको थियो ।
तत्कालिन राणा शासनका विरुद्ध संघर्ष गरे वापत अन्य क्रान्तिकारीहरु शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्दसहित उनका दाजु गंगालाल श्रेष्ठलाई राणा शासकहरुले मृत्युदण्ड दिएको घटनाले उनलाई गहिरो प्रभाव पार्यो । भनिन्छ उनले दाजु गंगालालको अन्तेष्ठीमा राणा शासनलाई अन्त्य गर्न कसम खाएका थिए । राजनीतिक चेतनाको शुरुमा प्रजातन्त्रको स्थापनाका लागि नेपाली कांग्रेससँग नजिक रहेका पुष्पलालले पुँजीवादी प्रजातन्त्रबाट बहुसंख्यक श्रमजीवि जनताको मुक्ति नहुने निष्कर्षसहित २००६ सालमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । आज नेपालका कम्युनिष्ट पार्टीहरु विभिन्न पार्टी र समुहमा विभाजित भए पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालप्रति सबै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता शुभचिन्तक र आम जनसमुदायको सम्मान रहेको छ । नेपाली राजनीतिमा इमान्दार कम्युनिष्ट नेताको रुपम चिनिने क. पुष्पलाललाई नेपालमा प्रजातन्त्र स्थापनाको विचार र प्रेरणाका लागि पनि कम्युनिष्ट र प्रजातन्त्रवादीहरुबाट समेत उत्तिकै सम्मान पुर्वक स्मरण गरिन्छ । उनले नेपालमा राजतन्त्रका विरुद्ध सबै कम्युनिष्ट शक्ति र प्रजातन्त्रवादी शक्तिहरुको संयुक्त मोर्चा निर्माण गरी संघर्ष गर्नुपर्ने विचार अघि सारेका थिए । जुन २०४६ सालको जनआन्दोलन र २०६२/६३ मा तत्कालिन जनयुद्धको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी तथा विभिन्न राजनीतिक पार्टीहरुको संयुक्त ऐतिहासिक आन्दोलनले समेत पुष्टि गरेको छ ।
क. पुष्पलालको ४४ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लवले क.पुष्पलालप्रति सम्मानपुर्वक श्रद्धाञ्जली व्यक्त गर्दै एकीकृत जनक्रान्तिमार्फत क.पुष्पलाल र नेपाली कम्युनिष्ट र जनसमुदायको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै नेपालका सबै कम्युनिष्ट घटक र संघ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गरि पुष्पलाल स्मृति दिवस मनाइरहेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।