६ जेष्ठ २०८१, आईतवार

काठमाडौंमा लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच संयुक्त अन्तरक्रिया

0

काठमाडौं । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको चर्को व्याजदरले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको गुनासो गरेका छन ।

उनीहरुले वित्तिय संस्थाहरुको ऋणको व्याजदर घटाउनुपर्ने,५ बर्षिय भाकालाई १० बर्षिय बनाउनु पर्ने,व्यावसाय डुबेको महिलालाई पुन ऋण दिनुपर्ने लगायतका मागहरु राखेका छन ।

कार्यक्रममा लघुवित्तहरुका कर्मचारीहरुले ऋण मिनाह र व्याज मिनाह गर्न नसक्ने बरु ऋणको भाका बढाउन सकिने,डुबेका व्यवसायीलाई ऋण दिन सकिने,लगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका काठमाडौ ३ नम्वर जिल्लाका इन्चार्ज डिआर सीले डुबेका ऋणीलाई पुन लगानी गरी अगाडि बढाउनु पर्ने बताए ।

उनले लघुवित्तहरुले ऋण लगानी गरेर चर्को व्याजदर लिन नहुने र व्यवसायी महिलालाई उत्साह दिने गरी लगानी गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा हिमालय लघुउद्देश्यीय,महिला सहकारी,नादेव,राष्ट्रिय महिला उत्थान,आसा लघु उद्योम र मिरमिरे सहकारीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम लघु उद्योम पीडित महिला समितिका अध्यक्ष अनिताको अध्यक्षतामा भएको थियो भने संचालन संतोसी सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।