६ जेष्ठ २०८१, आईतवार

आज स्तालिनको १४५ औं जन्मजयन्ती,नेकपाले विभिन्न कार्यक्रम गरी मनाउदै

0

काठमाडौ । रुसी कम्युनिष्ट पार्टीका नायक स्तालिनको आज १४५ औं जन्मजयन्ती हो । उनको जन्म भएको आज १४५ बर्ष पुरा भएको छ ।

स्तालिनको डिसेम्बर २१ सन १८७९ मा बुवा जुगुसविली र आमा एकतारेनियााको कोखबाट रुसको गोर्की भन्ने शहरमा जन्म भएको थियो ।

उनी रुसको समाजवादी व्यवस्थाका लेनिन पछिका नायक हुन । सर्वहारा श्रमजीवी वर्गको मुक्तिदाता स्तालिन विश्वभरीका कम्युनिष्टहरुका महान गुरु पनि हुन ।

उनको जन्मजयन्तीको अवसरमा विश्वभरका कम्युनिष्टहरुले विभिन्न कार्यक्रम गरी आजको दिनलाई सम्झिने गर्दछन ।

नेकपाले पनि आज विचार गोष्ठी,अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम गरी स्तालिनको जन्मजयन्ती मनाउन लागेको छ ।

स्तालिनको जन्मजयन्तीको अवसरमा आज विहान शिवगढीमा महासचिव विप्लवको उपस्थितिमा भव्य अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमलाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै आज साँझ ७ बजे अखिल नेपाल प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनामा ‘कम्युनिष्ट आन्दोलनको रक्षात्मक अवस्था र स्तालिन’ विषयक भर्चूअल अन्तरक्रिया हुदैछ ।

यो कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने छन । नेकपाका नेता अनिल सीले सम्वोधन गर्नेछन ।

यस्तै देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्तालिनलाई सम्झिने प्रयास हुदैछ । केही संशोधनवादी तथा सुधारवादीहरुले स्तालिनलाई तानाशाही भन्ने गरेपनि उनी सच्चा श्रमजीवी श्रवहारा वर्गका निडर नेता थिए ।

रुसी समाजवादी व्यवस्थाका नेतृत्व र मुक्तिदाता स्तालिनले लेनिनको निधन पछि सन १९२४ देखि सन १९५३ सम्म रुसमा समाजवादी व्यवस्थाको नेतृत्व गरेका थिए ।

स्तालिनले जर्मन साम्राज्यवाद विरुद्ध लड्दै दोस्रो विश्वयुुद्धको सामना गर्दै समाजवादी व्यवस्था रुसको रक्षा गर्न सफल भएका थिए ।
रुसमा समाजवादी व्यवस्था ल्याउने महाअयिानमा लेनिनसंगै स्तालिनको महत्वपूर्ण भूमिका रहेको थियो ।

स्तालिनको बाल्यकालको नाम शो शो राखिएको थियो । उनको ११ बर्षकै उमेरमा बुवा जुगुसविलीको मृत्यु भएपछि एकल आमाले पालन पोषण र शिक्षा दिक्षा दिएकी थिइन ।

क्रान्तिकारी विचारमा लैस स्तालिन धेरै पटक पक्राउ परे । उनी लेनिनको दाहिने हात भएर काम गर्दैगर्दा लेनिनको मृत्यु पछि रुसी कम्युनिष्ट पार्टीको नेतृत्वदायी नायक बनेका थिए ।

सर्वहारा श्रमजीवी बर्गका महान नेता स्तालिनको सन १९५३ मा निधन भएको थियो । स्तालिनको निधन पछि रुसमा खुश्चेवको नेतृत्वमा समाजवादी व्यवस्था विरुद्ध प्रतिक्रान्ति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।