२५ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई कमिटीकाे सम्मेलन सम्पन्न, अध्यक्षमा प्रेमीता निर्वाचित

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको दोस्रो इकाई सम्मेलन ‘शिक्षा क्षेत्रको व्यापारीकरण र निजीकरण विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो इकाई सम्मेलन’ भन्ने मूल नाराका साथ सम्पन्न भएको छ ।

सम्मेलनले प्रेमीता सीको अध्यक्षतामा ६५ सदस्यीय इकाई कमिटी निर्वाचित गरेको छ । जसमा अध्यक्ष प्रेमीता सी, उपाध्यक्ष कल्पना सी, सचिव गीता सी, सहसचिव एलिना सी, रिद्दी सी, कोषाध्यक्ष कृपा सी रहेका छन् ।

प्रजिना सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी, विशिष्ट अतिथि संगठनका महासचिव ललित सी रहेका थिए भने संगठनका बागमती कमाण्ड इन्चार्ज तथा कार्यालय सदस्य मदन सी, संगठनका सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, संगठनका सचिवालय सदस्य सुवास सी, संगठनका केन्द्रीय सदस्यहरु यशोदा सी, सुवास सी, हस्त सी, छत्र सीकाे आतिथ्यता रहेको थियो ।

सम्मेलनमा शुभकामना दिदै संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले सचेत नौजवान युवा विद्यार्थीहरुले समग्र देश परिवर्तनको निम्ति आ-आफ्नो ठाउँबाट सक्दो भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले नेपालको शिक्षा प्रणालीमा तमाम खाले बेथिति विकृति विसंगति देखिएकाले यसको अन्त्य वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबाट मात्रै सम्भव भएकाले समाजवाद प्राप्तिको लडाइँमा युवा विद्यार्थीहरु गोलबद्द भएर लाग्नु पर्ने आवश्यकता रहेको बताए ।


साथै उनले नेपालको रुपान्तरणकारी आन्दोलनमा पद्मकन्या क्याम्पसका छात्रा विद्यार्थीहरुको भुमिका अतुलनीय रहेको बताए ।
यस्तै संगठनका महासचिव ललित सीले विद्यार्थीहरुको न्यायको लागि लड्ने संगठन अखिल (क्रान्तिकारी) भएकाले सबैले साथ दिनुपर्ने बताए ।
यस्तै कार्यक्रमका अतिथि त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सीले नेपालको शिक्षा प्रणालीमा तमाम खाले समस्याहरु रहेकाले त्यसको सुधारमा युवा विद्यार्थीहरु लाग्नु पर्ने बताए । केही संसदवादी पार्टीका विद्यार्थी संगठनहरुले विद्यार्थीलाई सहयोग गर्छौँ भन्ने नाममा विद्यार्थीलाई लुटिरहेको, विद्यार्थीको जीवनमाथि खेलबाड गरिरहेको भन्दै त्यस्ता व्यक्ति र संगठनहरुबाट सचेत रहन सुझाव दिएका थिए । साथै उनले विद्यार्थीको समस्यामा आफुहरुले सक्दो सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विद्यार्थीका शैक्षिक, प्रशासनिक, भौतिक समस्याहरुको समाधानका निम्ति नवनिर्वाचित कमिटी कतिबद्द भएर लाग्न सल्लाह दिएका थिए । यस्तै अर्का अतिथि संगठनका केन्द्रीय सचिवालय सदस्य सुवास सीले विद्यार्थीको आशा र भरोसाको केन्द्र अखिल (क्रान्तिकारी) मात्र भएकोले सबै एक हुनुपर्ने भन्दै राष्ट्रियता, जनतन्त्र, जनजिविका, भ्रष्टाचार, अन्याय, अत्याचार विरुद्ध अखिल (क्रान्तिकारी) सधै डटिरहेको बताए ।


इकाई सम्मेलनको प्यानल प्रस्ताव संगठनका बागमती कमाण्ड इन्चार्ज मदन सीले गरेका थिए । प्यानल प्रस्ताव गर्दै मदन सी जुझारु छात्राहरु एक भएमात्र देश परिवर्तन सम्भव हुने भन्दै छात्राहरु आन्दोलनमा अग्रपंक्तिमा आउन अपिल गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।