४ जेष्ठ २०८१, शुक्रबार

स्टालिनकाे जस्तै संसारकै सुखी र धनी मान्छे बनाउने चाहना नेकपाकाे छ : महासचिव विप्लव

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले १४५ औं स्तालिनको जन्मजयन्तीको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा “ स्टालिन, तत्कालिन सोभियत संघ र रुस–युक्रेन युद्ध” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले स्टालिनकाे जस्तै संसारकै सुखी र धनी मान्छे बनाउने चाहना नेपाल कम्युनिस्ट पार्टीको भएको बताएका छन् ।

लेनिन र स्टालिनले मिलेर रुसमा समाजवाद ल्याएपछि त्यहाँका जनता अधिकार सम्पन्न र सुखी भएको चर्चा गर्दै आफुहरुले पनि नेपालमा सबै जनता अधिकार सम्पन्न र सुखी बनाउने समाजवादी व्यवस्था ल्याउन चाहिरहेकाे उनलेे दाबी गरे ।

रुसमा समाजवाद आएपछि मात्रै महिलाहरूले मताधिकार पाएकाे भन्दै महासचिव विप्लवले रुसमा समाजवादी व्यवस्था ल्याउन र रुसको विकास गर्न स्तालिनकाे याेगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, ‘पुजीवाद भनेको बिखण्डता हो, असमानता हो, देशमा जातिय लडाई गर्ने भनेको पुजीवादले हो त्यसकारण हामीले पुजीवादी व्यवस्थाकाे गर्न चाहन्छौं र समाजवादी व्यवस्था ल्याउन चाहन्छौं, समाजवादले मात्रै सबै जातजाति, किसान, मजदुर, महिला, आम श्रमिक जनताहरुलाई अधिकार सम्पन्न गर्छ र सबैको समस्या हल गर्दछ ।’

नेकपाको केन्द्रीय कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गरेका थिए भने स्वागत मन्तव्य विषम सीेले राखेका थिए । कार्यक्रमकाे सञ्चालन पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।