३ जेष्ठ २०८१, बिहीबार

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य पाण्डे ‘पत्रकार बृत्तिकोष’मा छनोट

0

काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे ‘पत्रकार बृत्तिकोष’ का लागि छनोट भएका छन् ।

सूचना विभागले सुरु गरेको ‘पत्रकार विकास कोष’ कार्यक्रममा पत्रकार पाण्डे छनोट भएका हुन् । पत्रकार बृत्तिकोष स्थापना तथा संचालन निर्देशिका २०७५ अनुसार पाण्डे छनोट भएका हुन् ।

मंसिर १४ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सचिबस्तरिय बैठकले पाण्डे लगायतका पत्रकारलाई बृत्तिकोषमा छनोट गरेको थियो । छनोट भएसँगै पाण्डेले मासिक १० हजारका दरले आजीवन पत्रकार बृत्तिकोषमार्फत रकम प्राप्त गर्ने छन् । जेष्ठ पत्रकारका लागि बृत्तिकोषको स्थापना गरी संचालन ल्याएको कार्यक्रममा पाण्डे छनोट भएका हुन् ।

बृत्ति कोषमा छनोट भएपछि जनपत्रकार संगठन नेपालले पाण्डेलाई सम्मान गरेको छ । पत्रकार बृत्तिकोषमा छनोट भएकोमा बधाईसहित संगठनले शनिबार सम्मान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, सल्लाहकार राजेन्द्रप्रसाद चिमौरिया लगायतले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष विश्वकर्माले पत्रकारिता क्षेत्रमा इमान्दारिताका साथका काम गर्दा सुदर्शनराज पाण्डेले सम्मान पाएको बताए । कार्यक्रममा अनुभूति मन्तव्य राख्दै पाण्डेले आफूले निरन्तर पत्रकारितामा रहेर काम गर्दाको परिणाम बुंढेसकालमा सरकारले साहारा दिएको बताए ।

पाण्डे अहिले उत्थान साप्ताहिकका सम्पादक हुन् । उनी विगत ४० बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । क्रान्तिकारी स्वभावका पाण्डे जनपक्षिय पत्रकारिताका धरोहर हुन् । वीरगंजमा बसेर पत्रकारिता गरिरहेका पाण्डे सहिद परिवारसमेत हुन् ।

जनयुद्धको क्रममा उनले कान्छा छोरा गुमाएका थिए । छोराको पीरले प्रताडित पाण्डेले श्रीमतिसमेत गुमाउनु परेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।