६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी) त्रिवि जिल्लाको अध्यक्षमा हेमराज निर्वाचित

0

 

 

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको ७ औं जिल्ला सम्मेलन १७ सदस्यीय त्रिवि जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।
त्रिवि जिल्ला संयोजक हेमराज सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज सिलु सीको रहेको थियो । कार्यक्रमकाे विशेष अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी, अन्य अतिथिहरु अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सी, कार्यालय सदस्यहरु मदन सी, नतसा सी, संगठनका सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, सचिवालय सदस्य लोकेश सी, सचिवालय सदस्य सुवास सी, केन्द्रीय सदस्यहरु यसोदा सी, प्रकाश सी, कमल सी, उपेन्द्र सी, क्याम्पस जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सुवास सी, पोखरा विश्वविद्यालय अध्यक्ष तथा केन्द्रीय सदस्य सविन सी रहेका थिए ।


कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शिलु सीले विश्वविद्यालयले समयसापेक्ष शिक्षा दिन नसकेको भन्दै यो शिक्षा प्रणाली बदल्नु पर्ने आवश्यकता रहेको बताइन् । युवा विद्यार्थीहरु एक भएर अगाडि बढेमात्र दलाल संसदीय व्यवस्थाको अन्त्य हुने समाजवाद प्राप्त गर्न सकिने बताइन् । उनले यो संसदीय व्यवस्थाबाट विद्यार्थीले चाहेको जस्तो शिक्षा प्राप्ति असम्भव रहेकाले समाजवादी राज्यव्यवस्था स्थापनाबाट मात्र शैक्षिक क्षेत्रको आमूल रुपान्तरण हुने बताइन् ।


कार्यक्रमका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले संसदीय शिक्षा प्रणालीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेकोले यसको अन्त्य समाजवादी शिक्षा प्राप्त गर्न अन्तिम तर निर्णायक लडाइँ लड्नु पर्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयमा भएको बेथिति विकृति विसंगति विरुद्ध युवा विद्यार्थी एक भएर जुट्नु पर्ने बताए । यो संसदीय व्यवस्था नै मुख्य दुश्मन भएको भन्दै यो व्यवस्थालाई जरैदेखि मिल्काउनु पर्ने बताए । साथै उनले युवा विद्यार्थीहरुलाई यहीँ देशमा भविष्य देख्न पनि आग्रह गरे ।
यस्तै संगठनका उपाध्यक्ष नरेन्द्र सीले त्रिविलाई खोज अनुसन्धान र रोजगारमुलक शिक्षा प्रदान गर्ने केन्द्र बनाउन सबै लाग्नुपर्ने बताए ।


उनले विद्यार्थीहरुले सिकेको ज्ञान सीप र क्षमतालाई यहीँ प्रयोग गर्न राज्यले नसकेको भन्दै विद्यार्थीहरुको ज्ञान सीपलाई हाम्रो देशमै प्रयोग हुने वातावरण राज्य लाग्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सीले त्रिभुवन विश्वविद्यालय राजनीतिक भागबन्डाको क्रिडास्थल बनेकै कारण समयमा परीक्षा नहुनु, समयमा रिजल्ट प्रकाशन नहुनु, व्यवहारिक र जीवन उपयोगी, श्रम र रोजगारसंग जोडिएको शिक्षा नहुनु यसको मुख्य कारण रहेको बताए । उनले अहिले त्रिभुवन विश्वविद्यालयको कुलपति लगायत पदाधिकारी छनोटमा कुन पार्टीको कार्यकर्ता नियुक्ति गर्ने भनेर सरकारी पार्टीहरु लागिरहेको भन्दै यसलाई रोक्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु एक जुट हुनुपर्ने बताए ।


सम्मेलनको प्यानल प्रस्ताव संगठनका महासचिव ललित सीले गरेका थिए । प्यानल प्रस्ताव गर्दै उपाध्यक्ष ललितले विश्वविद्यालयका विद्यार्थीहरु खराबीका विरुद्ध एक भएर लड्न आह्वान गरेका थिए । संगठन कार्यालय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीले नवनिर्वाचित कमिटीलाई तथा शुभकामना दिदै विद्यार्थीहरु यो देशको सचेत वर्ग भएकाले एकजुट भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
सम्मेलनबाट अध्यक्ष हेमराज सी, उपाध्यक्ष कविन्द्र सी, सचिव सुवास सी, सह-सचिव विपि सी, कोषाध्यक्ष अभिरुचि सीसहित १५ सदस्यीय त्रिवि जिल्ला कमिटी निर्वाचित गरेको छ ।
विभिन्न कारणले गर्दा यो बिचमा त्रिवि जिल्ला कमिटीको सम्मेलन हुन नसकेको बताइएको छ । हाल ७ वर्षपछि सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मास्टर डिग्री, M Phil, PhD मात्र पढाइ हुन्छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।