९ पुष २०८१, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी कैलालीले एकिकृत सांगठनिक अभियान सञ्चालन गर्ने

0

धनगढी: नेपाल कम्युनिष्ट पार्टी कैलालीले एकिकृत सांगठनिक अभियान सञ्चालन गर्ने भएको छ । यही पौष ११ गते माओ दिवसको अवसर पारेर नेकपा कैलालीले एकिकृत सांगठनिक अभियान सुरु गर्ने भएको हो । शनिबार कैलाली जिल्लाको संयुक्त बैठकमा दुई महिने एकिकृत सांगठनिक अभियान सञ्चालन गर्ने जानकारी गराइएको हो । कैलालीको घोडाघोडी नगरपालिकास्थित रतीपुरमा रहेको कम्युनमा शनिबार कैलाली जिल्लाको संयुक्त बैठकमा २ महिने एकिकृत सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको कैलाली जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य प्रकाश सीले जानकारी गराए । यही पौष ११ गते माओ दिवसको अवसर पारेर अभियानको उद्घाटन गरिने उनले जानकारी गराएका हुन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य विकल्प सीले पार्टी संगठन निर्माणमा लाग्नुपर्ने र नेताकार्यकर्ताहरुलाई जनताको माझमा जान निर्देशन दिएको समेत उनले जानकारी गराए ।
नेकपाका महासचिव विप्लव सीको नाममा अदालतले जारी गरेको पक्राउ पूर्जी साम्राज्यवादको अन्तिम छट्पटी भएको नेता विकल्पले बताए । पक्राउ पूर्जी खारेजीका लागि संघर्षका कार्यक्रमहरु समेत तय गरिएको जानकारी गराउदै नेता विकल्पले देशमा समाज विज्ञानको आवश्यकता खड्किएकाले पूजीवादी व्यवस्थाको गर्भमा वैज्ञानिक समाजवादको भ्रुण हुर्कदै गएको दाबी गरे । उनले कसैले एक अर्कालाई घोचपेच नगर्ने पार्टीको नीति भएको बताउदै मध्यम वर्ग र वामपन्थीहरुलाई एकजुट नगर्दासम्म क्रान्ति सफल नहुने भएकाले राष्ट्रवादी शक्तिहरुसँग एकताको प्रयास जारी रहने पार्टीको नीति भएको बताए ।
त्यसैगरी नेकपाका केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सीले हरेक व्यक्तिले उत्पादनसँग जोडिनु पर्ने बताउदै चन्दा मागेर खान नहुने बताए । त्यसैगरी महाकाली ब्यरो इन्चार्ज समर सीले राजतन्त्रको पात्र ठिक नभएकाले जतिसुकै नाराहरु लागेपनि राजतन्त्र फर्केर नआउने तर्क गर्दै पार्टीमा भाग्ने र दुर्घटनामा पर्ने छुट कसैलाई नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।