९ पुष २०८१, मंगलवार

एमसीसी कार्यान्वयन भए चीनले जतिखेर पनि नेपालमाथि हस्तक्षेप गर्न सक्छ : संजिव सी

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी प्रकाशन तथा प्रचार विभाग अन्तर्गतको साधारण शाखाको विशेष बैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा शाखा इन्चार्ज संजिव सीको प्रमुख आतिथ्यतामा सोमबार बैठक सम्पन्न भएको हो ।

बैठक राजनीतिक, वैचारिक संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । साधारण शाखाका सेक्रेटरी उत्कर्ष सीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित शाखाका सदस्यहरुले आफ्नो रिपोर्ट प्रस्तुत गर्नुका साथै पार्टीको केन्द्रीय समितिको सर्कुलर तथा प्रतिवेदनमाथि आफ्नो सुझाव राखेका थिए । सेक्रेटरी उत्कर्ष सीले केन्द्रीय समितिद्वारा जारी सर्कुलर वाचन गरेर सुनाएका थिए ।

साथै उनले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका थिए । बैठकको अन्तिममा पार्टीका केन्द्रीय सदस्य तथा शाखाका इन्चार्ज संजिव सीले बैठकमा उठेका समग्र विषय तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे मसिनो गरी प्रशिक्षित गर्दै नेपालमा पछिल्लो समय साम्राज्यवादी हस्तक्षेप बढेको बताउदै साम्राज्यवादले एमसीसीलाई हतियार बनाएर नेपालाको राष्ट्रिय अखण्डतामाथि हस्तक्षेप गर्दै नेपाललाई आधार बनाएर चीन घेर्ने नीति अवलम्बन गरेको बताए ।

उनले अमेरिकी साम्राज्यवादले नेपाललाई आधार बनाएर चीनमाथि हस्तक्षेप गर्ने नीति अपनाए यो नेपालको आन्तरिक मामिला हो भनेर चुप नबस्ने र सिधा प्रतिकारमा आउनेछ बताए । ‘नेपाल अहिले चरम भूराजनीतिक चपेटामा छ, एकातिर केहि मान्छेहरु शक्ति केन्द्रका आडमा राजसंस्थाको वकालत गरिरहेका छन् भने केही नेपालमा धार्मिक दंगा फैलाएर अशान्ति मच्चाएर अहिलेसम्मको उपलब्धी उल्ट्याउने प्रयत्नमा छन् ।’, उनले भने,‘यसको प्रतिरोधका लागि सामाजवादी मोर्चालाई केन्द्र, प्रदेश, जिल्ला हुँदै वडा पालिकासम्म विस्तार गरेर जानुपर्नेका पार्टीको जोड छ । तपाईंहरुले त्यही अनुसार काम गर्नुहाेस् ।’

उनले पार्टीले मध्यम वर्गका कुरा उठाएपनि मध्यम वर्ग सोचेजति आन्दोलनमा समाहित गर्न नसकेको बताए । देशको प्रधान दुस्मन दलाल पुँजीवाद भएको बताउदै त्यसका लागि कम्युनिस्ट गैरकम्युनिस्ट सबै धारका देशभक्तहरु एकै ठाँउमा उभिनु पर्नेमा जोड दिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।