नेपाल कम्युनिस्ट पार्टीले आज १३१ औं माओ दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाउँदैछ । माओ दिवसको अवसरमा पूर्वी लुम्बिनी ब्युरोले रुपन्देही जिल्लाको बुटवलमा ब्युरो स्तरमा १३१ औं माओ दिवस मनाउने तयारी भइरहेको रुपन्देही सेक्रेटरी विरेन्द्रले बताएका छन् ।
त्यसैगरी पश्चिम नारायणी ब्युरोकाे हेटौंडा, मनहरी, डि-1, रत्ननगर, भरतपुर र माडी, बसन्तपुरमा माओ दिवस समारोहकाे आयाेजना गरिएको केन्द्रीय सदस्य उत्सवले जानकारी दिएका छन् ।
बुटवलको कार्यक्रमको लागि पार्टीका स्थायी समिति सदस्य अनिल सी हिजो नै बुटवल पुगिसकेका छन् ।
चितवन र मकवानपुरका कार्यक्रमहरुमा पिबिएम एटम, केन्द्रीय सदस्यहरु उत्सव सी, वाटर सी, मिङमार सी र उत्पादन केन्द्रीय विभाग, माडी चितवनका इन्चार्ज तथा पिबिएम सन्देश सीले नेतृत्व गर्नेछन् । आज देशैभरि नेकपाले माओ दिवस मनाउँदैछ ।
प्रतिक्रिया दिनुहोस्