१० पुष २०८१, बुधबार

नेकपाद्वारा पुनर्निर्माणमा सहभागीहरूलाई सम्मान

0

बुटवल । भुइँचालो प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकामा पुनर्निर्माण र राहतका लागि गएको नेकपा पूर्वी लुम्बिनी ब्यूरोका कमरेडहरूलाई बुटवलमा सम्मान गरिएको छ ।

१३१ औं माओ दिवसको सन्दर्भमा संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटनको अवसरमा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षणमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेकपा स्थायी समिती सदस्य अनिल सीले अबिर र खादा लगाएर सम्मान गर्नुभएको हो ।

राहत तथा पुनर्निर्माणमा जानुभएका टिम कमान्डर तथा पार्टी पिबिएम, ब्यूरो इन्चार्ज वसन्त सी, केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सी, गुल्मी इन्चार्ज खोमा सी, पाल्पा सेक्रेटरी नेपाल सी, नवलपुर सेक्रेटरी रक्षक सी, रूपन्देही जिल्ला सदस्य तेजेन्द्र सी लगायत २० जनालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।