१९ बैशाख २०८१, बुधबार

 नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाद्धारा माओ जयन्ती भव्य रुपमा मनाईयो

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दिया जिल्लाले १३१ औं माओ जयन्ती भव्य रुपमा मनाएका छन । नेकपा उत्तर बाँके जिल्लाले कोहलपुर,नेकपा दक्षिण बाँके जिल्लाले नेपालगंज र नेकपा बर्दियाले जिल्लाको जगतियापुरमा माओ दिवसको अवसरमा छुट्टा –छुट्टै कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका हुन ।

नेकपा दक्षिण बाँकेले नेपालगंजमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपाका स्थायी समिति सदस्य भरत सीले सम्बोन गर्दै माओको योगदानको चर्चा गरेका छन ।

उनले माओले विकास गरेको दिर्घकालिन जनयुद्धको कार्यदिशा जस्तै नेकपाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा निमार्ण गरेको बताए । उनले माओले जनयुद्धको कार्यदिशा चीनको सापेक्षतामा नयाँ बनाउदै चिनियाँ क्रान्ति सफल पारेको बताए ।

कार्यक्रममा नेकपा दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगमले सम्बोधन गर्दै माओ ऐतिहासीक र सर्वहारा बर्गको लागि महत्वपूर्ण व्यक्ति भएको चर्चा गरे ।

उनले चीनमा जापानी साम्राज्यवादलाई परास्त पार्ने र जनवादी गणतन्त्र चीनको निमार्ण गर्ने अभियानमा माओले उल्यखनिय भूमिका खेलेको बताए । कार्यक्रममा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखरले माओ दिवसको अवसरमा संगठन सुदृढ तथा विस्तार अभियानको पनि उद्घाटन भएको बताए । उनले समाजवाद विना नेपालमा निकासको अर्को विकल्प नभएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि भरत र अन्य अतिथिहरुबाट भूकम्प पीडितको घर बनाउने कार्यमा दक्षिण बाँके पार्टीसँग जोडिएर जाजरकोट गई काम गरेका नेपालगन्जका शैलेन्द्र विकलाई खाँदा ओडाएर अविर लगाएर हार्दिकतापूर्वक सम्मान गरेका छन ।

कार्यक्रममा अतिथिको रुपमा प्रवास ब्यूरो सदस्य हिमाञ्चल प्रदेशका सेक्रेटरी महेन्द्र सी,नेकपा केन्द्रीय सदस्य नारायण सी,मधेशी मुक्ति मोर्चाका बाँके अध्यक्ष उत्तम गुप्ता लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा “पार्टी संगठनलाई सृदृढ र विस्तार गरौं,राज्य षडयन्त्रको भण्डाफोर गरौं” भन्ने मुलनाराका साथ २ महिने अभियान पनि आजै उद्घाटन गरिएको छ ।

सेक्रेटरी बाकर सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य डिल्ली सीले गरेका थिए ।

उत्तर बाँके जल्लाले कोहलपुरमा आयोजना गरेको १३१ औं माओ दिवस तथा अभियान उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज रणदिप सीले समाज रुपान्तरणका लागि माओले चीनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने ‘समाजमा दुई प्रकारका मान्छे जन्मिने गर्छन र मर्नेगर्छ । तर माओ सामूहिक स्वार्थको लागि समाज रुपान्तरणका लागि मर्ने मान्छे हो । उनलाई आज सम्झिदैछौ ।’

नेता रणदिपले माओवाद नमान्ते कुनै पनि कम्युनिष्टहरु कम्युनिष्ट हुन नसक्ने दावी गर्दै कम्युनिष्ट हुन माओवाद मान्नै पर्ने तर्क गरे । उनले नेपाली विशेषताको समाजवाद विना देशको निकास सम्भव नभएको ठोकुवा गरे । उनले राजावादीहरुलाई धेरै चलखेल नगर्न चेतावनी दिर्दै नेकपा आवश्य परे प्रतिगामी राजावादीहरु विरुद्ध बन्दुकको लडाई लड्न तयार भएको बताए ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले मााओको योगदान बारे कार्यक्रममा चर्चा गरेका थिए । जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक सीले गरेका थिए ।

उता नेकपा बर्दिया जिल्लाले आजै जगतियापुरमा माओ जयन्ती एक कार्यक्रमका बिच मनाएको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमशिखर सीले सम्बोधन गर्दै माओको योगदानको बारे सबैले अध्ययन गर्न र मनन् गर्न जरुरी भएको बताए ।

उनले नेपालमा संसदीय व्यवस्था असफल भएको बताउदै नेपाली विशेषताको समावाद विना नेपालको निकास नहुने ठोकुवा गरे । कार्यक्रममा राम सी,खड्क सीको पनि आतिथ्यता रहेको थियो । पहलमान सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कामना सीले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।