१९ बैशाख २०८१, बुधबार

अमेरिकी साम्राज्यवाद विरुद्ध नेकपा सतिसाल बन्छः सञ्जीब सी

0

प्यूठान । नेकपाका पोलिट ब्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जीब सीले अमेरिकी साम्राज्यवाद विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सतिसाल बन्ने उद्घोष गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्यूठानले मंगलबार आयोजना गरेको १३१ औं माओ दिवश तथा अभियान उद्घााटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सञ्जीबले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ग लाई सम्झिदै यस्तो उद्घोष गरेका हुन् ।

नेकपाले माओ दिवस संगै “पार्टी संगठनलाई सृदृढ र विस्तार गरौं,राज्य षडयन्त्रको भण्डाफोर गरौं” भन्ने मुलनाराका साथ २ महिने अभियान पनि आजैबाट सुरु गरेको छ ।

कार्यक्रममा नेता सञ्जिव सीले सन् १९३७ देखी १९४५ सम्म जापानी साम्राज्यवादले चीनमाथि हमला गर्दा तत्कालिन प्रतिक्रियावादी च्याङकाईसेकको सरकारसंग सहकार्य गरेर माओत्सेतुङ्गले स्वतन्त्र चीनको रक्षाको निम्ति साम्राज्यवादसंग लडाई लडेको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टीले पनि नेपालमा अमेरिकी साम्राज्यवादसंग लड्न सवै देशभक्त तथा राष्ट्रप्रेमी शक्तिसंग सहकार्य गरेर अगाडि बढ्नका लागि विशेष आग्रह गरे । उनले मुलुकमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको वताउदै यो अवस्थामा सार्वभौम देशको रक्षा महत्वपूर्ण हुने बताए ।
उनले २ महिने अभियानले पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध भईरहेको षड्यन्त्रको भण्डाफोर गर्ने बताए ।

उनले तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिवद्ध रहेको तर, सरकारको पक्षवाट उक्त सहमतिको कार्यान्वयन नगरिएको भन्दै सहमतिपत्रमा उल्लेख भए अनुसार पार्टीका नेता तथा कार्यकतामाथि लगाइएएका झुट्टा मुद्धाहरु तत्काल खारेज गर्न माग गरे ।

पश्चिम प्युठानका सेक्रेटरी परिवर्तन सीको अध्यक्षता सम्पन्न कार्यक्रमको पूर्वी प्यूठानका सेक्रेटरी मुस्कान सीले संचालन गरेका थिए भने याँक सीले स्वागत मन्तव्य दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।