५ आश्विन २०८१, शनिबार

नेकपा पश्चिम कपिलबस्तुमा अभियान उद्घाटनसंगै माओ दिवस मनाईयो

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तुले दुई महिने ‘पार्टी संगठनलाई सुदृढ र बिस्तार गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौँ’ भन्ने मुलनाराको अभियानको उद्घाटन गर्दै १३१ औं माओ जयन्ती मनाएको छ ।

नेकपाले मंगलबार जिल्लाको बिजय नगर गाउँपालिका भटनीमा एक कार्यक्रमको आयोजना गरी अभियान उद्घाटनसंगै माओ जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज हेमन्त सीले माओको योगदानको चर्चा गर्दै नेकपाले संचालन गर्ने दुई महिने अभियान जनता सम्म लिनुपर्ने बताए ।

उनले जनताको समस्या समाधानमा माओले चीनमा योगदान पुर्याए जस्तै नेपालमा पनि नेपाली जनताको अहिलेको संकटको निकास नेकपाले दिने गरी योगदान पुर्याउनु पर्ने बताए ।

उनले अमेरिकी साम्राज्यवाद नेपालमा हस्तक्षेपकारी भएर आएको भन्दै त्यसका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आरोह सीले जनतासंग माछा र पानीको सम्वन्ध स्थापित गर्नुपर्ने बताए ।

उनले राज्यले नेकपामाथि षड्यन्त्र गरेर पक्राउ पूर्जी जारी गरेको बताए । नेता आरोहले बन्दुक चलाउने र गोली खान तयार भएका क्रान्तिकारी मान्छेहरु विरुद्ध पक्राउ पूर्जी जारी गर्दैमा नेकपा नडराउने चेतावनी दिए ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य रुपा सीले राज्य षड्यन्त्रलाई भण्डाफोर गर्दै जनता सम्म संगठन बनाउन जानु पर्ने बताईन । उनले राज्यले तीन बुँदे सहमति उल्लंघन गरेर षड्यन्त्र गरिरहको आरोप लगाईन ।

कार्यक्रममा अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य आरोह सी, प्रतिनिधि सदस्य रुषा सी जिल्ला सल्लाहकार हिमाल सी र सहिद परिवारको तर्फबाट मनकुमारी सीको उपस्थिति रहेको थियो । पश्चिम कपिलवस्तु सेक्रेटरी पावेल सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बादल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।