१९ बैशाख २०८१, बुधबार

संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र विकल्प होः विराट सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले नेपाली राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद एक मात्र विकल्प भएको बताएका छन ।

नेकपा दैलेखले जिल्लाको खिड्की ज्यूलामा मंगलवार आयोजना गरेको ‘संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर अभियान’ र माओ दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता विराटले यस्तो कुरा बताएका हुन ।

उनले चीनमा माओको नेतृत्वमा राजनीतिक संकट र राष्ट्रमाथि संकट आउदा जनवादी क्रान्तिको माध्यमबाट देशमुक्त गरेको स्मरण गर्दै नेपालमा पनि एकीकृत जनक्रान्तिको माध्यमबाट देशमुक्त हुने बताए ।

उनले माओले जापानी साम्राज्यवादलाई परास्त पारे जस्तै नेकपाले पनि अमेरिकी साम्राज्यवादलाई परास्त पारेरै छोड्ने दाबी गरे ।

उनले नेपालका सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति,देशभक्त र वामपंथी तथा कम्युनिष्टहरु एक भएर देशमाथि भईरहेको साम्राज्यवादी हस्तक्षेप विरुद्ध लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीले जनता सम्म पुग्न र राज्यले नेकपामाथि गरेको षड्यन्त्रको भण्डाफोर गर्न दुई महिने अभियान चलाउन लागिएको बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले अभियानमा सक्रिय भएर लक्ष्य पुरा गर्न सहभागीलाई निर्देशन दिए । प्रकाश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उदय सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।