५ आश्विन २०८१, शनिबार

नेकपा जाजरकोटले मनायो १३१औं माओ जयन्ती

0

जाजरकोट । चिनियाँ जनक्रान्तिका महान नेता माओको १३१औं जन्म दिवस मनाउदै २ महिने ‘सङ्गठन सुदृढ तथा विस्तार एवं राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान मंगलबार उद्घाटन भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीको प्रमुख आतिथ्यतामा माओ दिवस मनाउदै दुई महिने अभियानको उद्घाटन भएको हो ।

प्रमुख अतिथि रामलाल सीले कार्यक्रमलाई सम्बोधन गर्दै माओले बिश्व कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिका एवं संश्लेशण गरेको विचार र नीति–सिद्धान्त महत्वपूर्ण भएको बताए ।

उनले नेपाली क्रान्तिकारी कम्युनिस्टहरुले माओबाट धेरै कुराको शिक्षा लिनुपर्ने बताए । उनले २ महिने संगठन सम्बन्धि अभियानको महत्व र खेल्नुपर्ने भूमिकाबारे समेत स्पष्ट पारे । उनले आफ्नो नेतृत्वमा रहेको मोर्चाको अभियान टिम भूकम्प पीडित जनताको अस्थायी आवास निर्माण अभियानमा १ हप्ताजति जाजरकोटमा खट्ने पनि जानकारी दिए ।

कार्यक्रममा जाजरकोट जिल्ला इन्चार्ज बिराजन सी, जिल्ला सचीव. धन्जित सी, डोल्पा जिल्ला सचीव गौचन सी, श्रमिक समुदाय मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं सेती–महाकाली इन्चार्ज मधुसूदन सी, मोर्चा केन्द्रीय सदस्य लोकेन्द्र सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कुशे गाउँपालिका–४ की शर्मिला रोकाया नेकपामा प्रवेश गरेकी छन । उनलाई प्रमुख अतिथि रामलाल सीले अविर लगाएर स्वागत गरेका छन ।

उल्लेखनिय नेता–कार्यकर्ताहरुको सहभागितामा भव्य रुपमा सम्पन्न कार्यक्रममा विभिन्न साँगीतिक प्रस्तुतिहरु पनि देखाईएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।