२ जेष्ठ २०८१, बुधबार

राज्यको षड्यन्त्रविरुद्ध विवेक र साहसका साथ प्रतिरोध गर्छौं : बसन्त सी

0

१३१ औं माओ दिवसको सन्दर्भमा कामरेड माओत्सेतुङलाई विशेष अभिनन्दन गर्दछु । माओको विचारलाई अझ विकसित गर्ने काममा हाम्रो योगदाम महत्वपूर्ण हुनेछ । माओले चीनको विशेषतामा माक्र्सवाद र लेनिनवादलाई विकास गर्दै साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्ने हिक्मत गर्नुभयो । अहिलेको सन्दर्भमा हामीले नयाँ विश्व परिवेशमा माओवादलाई नयाँ विकास गर्ने आँट गर्नुपर्छ । माओवाद निरन्तर क्रान्तिको सिद्धान्त हो । क्रान्ति भनेको सत्ता प्राप्त गर्ने मात्र होइन, त्यसपछि पनि निरन्तर क्रान्तिलाई आत्मसात गर्ने कुरा हो ।
हामीले ब्युरोका सबै योजनालाई केन्द्रीय योजनामा समाहित गरेर लैजानुपर्छ । अभियानलाई आआफ्नो सिर्जनशीलतामा अगाडी बढाउनुपर्छ । अर्धज्ञानले सधै भय पैदा गर्छ । केही पनि ज्ञान नभएपछि मुर्ख हुन्छ । तर ज्ञान भएपछि विवेक प्रयोग हुन्छ । पार्टी महासचिव कामरेड विप्लव र प्रवक्ता प्रकाण्डलगायत कामरेडहरुलाई पक्राउ पुर्जी जारी गर्नुमा प्रतिक्रियावादी राज्यसत्ता र अमेरिकी साम्राज्यवादको योजना हो । अमेरिकी साम्राज्यवादले अहिले नेपालमा माइक्रोम्यानेजमेन्ट गर्न खोजिरहेको छ । एमसीसी कार्यान्वयन गर्न नदिने नेकपा बाहेक कोही होइन भन्ने कुरा अमेरिकाले बुझेको छ । अहिले उसले पक्राउ पुर्जीमार्फत् धम्काएर दवावमा राख्ने रणनीति लिएको छ । हामीले यसको विवेक र साहसका साथ संघर्षका सबै मोर्चाहरुबाट सबै षड्यन्त्रविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेका छौं । यसका विरुद्ध हामीले साम्राज्यवाद र दलाल पुँजीपति वर्गबाहेक सबैलाई क्रान्तिमा गोलबन्द गर्नुपर्छ । यसका लागि हामीले दुई महिने अभियान सञ्चालन गर्नेछौं ।
साम्राज्यवादका लागि सबै कम्युनिस्टहरु दुश्मन हुन् । अहिले कम्युनिस्ट आन्दोलनलाई पुनगर्ठित गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । नेपाली विशेषताको समाजवादका लागि देशभक्त र वामपन्थी कम्युनिस्टहरुसित मोर्चा वा सहकार्य हुन्छ । अहिले मुख्य दुश्मनलाई अलग्याएर मित्रशक्तिको दायरा बढाउनुपर्छ ।
(नेकपा पूर्वी लुम्बिनी ब्युरोद्धारा १३१ औं माओ दिवसको अवसरमा दिइएको मन्तब्यको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।